जनकपुरधाम । धनुषा प्रहरीले १ लाख ६६ हजार ३ सय ५ रुपियाँ सहित जुवा खेल्दै गरेको आरोपमा दुइजनालाई पक्राउ गरेको छ ।
जिल्लाको मिथिला नगरपालिका–११ बाहुनमारा स्थित मान बहादुर थापाको घरमा जुवाको खाल बनाई जुवा खेल्दै गरेको अवस्था दुइ जनालाई रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जुवा खेलेको आरोपमा जनकपुरधाम उप–महानगरपालिका– ८का ५१ वर्षीय फेकन चौधरी तथा सर्लाहीको चन्द्र नगरपालिका–६का ६० वर्षीय लक्ष्मी राउतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले पौने दुइ लाख नगद, तास लगायतका समानहरु बरामद गरेको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ढल्केबरमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका धनुषा प्रमुख बसन्त रजौरेले बताए । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटेको प्रहरी टोलीले छापामारी गरी जुवा खेलिरहेका दुई जनालाई नियन्त्रणमा लिएको छ भने जुवा खेल्दै गरेका १०÷१२ जना फरार भएका छन ।
https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=11s


