२०७८ मंसिर ७, मंगलवार १४:५२

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि चर्को ध्वनी आउने बाजा बजाउन रोक लगाएको छ ।

वीरगञ्‍ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको हो ।

यसका साथै सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसङ्गति तथा अश्लील गीतसङ्गीत एवम् सडकमा नृत्य गर्नमा समेत रोक लगाइएको हो ।

Comment


Related News

Latest News

Trending News