![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
नेपाली बजारमा मंगलबार सुनको भाउ सोमबारको तुलनामा ह्वात्तै घटेको छ।
अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
छापावाल सुन सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको भाउ पनि ९१ हजार ८०० मा झरेको छ। चाँदीको भाउ पनि सोमबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।