जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली विदेशी दलाल रहेको बताएका छन ।
नेकपा समाजवादी जिल्ला कमिटीले मंगलबार धनुषाको तिनकौरिया चोकमा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने,‘ हामीले राम्रो कामको लागि पार्टी बनाएका थियौं नकि ओलीलाई विदेशीको दलाली गर्नको निम्ति।’ ओली नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेर जनतालाई बिर्सेपछि हामी पार्टी छोड्न बाध्य भएको उनले बताए । अब सूर्यमा ग्रहण लागिसकेकोले यसको औचित्य समाप्त भइसकेको उल्लेख गर्दै उनले भने,‘सूर्यलाई बिर्सेर कलमलाई याद गर्नुस, सर्वहारा वर्गको लागि काम गर्ने यहि पार्टी हो, बृद्धबृद्धालाई भत्ता दिने पार्टी यहि हो।’ २०५१ सालमा आपूm उपप्रधानमन्त्री भएको बेलामा बृद्ध भत्ता दिने कार्यक्रम प्रारम्भ गरेकोले सर्वहारा वर्गको लागि अझै पनि आप्mनो लडाइ जारी रहेको उनले उल्लखे गरे । जनताकै मत लिएर दुइ तिहाइ बहुमतको सरकार बनाएको पार्टी गलत बाटोमा गइ जनतालाई नै बिर्सेकोले हामीले अर्को पार्टी निर्माण गर्नु परेको बताए । ओलीको सत्ता समाप्त भइसकेको बताउंदै आगामी निर्वाचनमा पार्टीको पनि पत्ता साफ हुने उनले दाबी गरे । विक्रम सम्वत् २०३२ सालमा कोरिर्डिनेशन केन्द्र ,०३५ सालमा नेकपा माले ,०४७ सालमा नेकपा एमाले बनायौं र अहिले ०७८ सालको भदौ ९ गते नेकपा एकीकृत समाजवादी बनाईरहेका छौं भन्ने उनको भनाई थियो ।
त्यसै गरी सभामा बोल्दै पार्टीका केन्द्रीय उपाध्यक्ष धर्मनाथ साहले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा लगायौं तर खाली बकम्फुसे गफ पानी जहाजको कुरो त के त के फोकटिया गफ दिने बाहेक कुनै पनि काम ओलीले नगरेको आरोप लगउंदै उनले भने,‘जनताको खुन पसिनाले लेखिएको संविधानलाई समाप्त पारेर प्रतिगमनको बाटो अपनायो, पार्टीको विधानको एक अक्षर समेत पालना नगरेकोले नयाँ पार्टी बनाउन हामी बाध्य भयौं ।’ उनले ओलीको ६ सरकार बन्ने सपना चकनाचूर पार्न कम्युनिष्टहरु एकजुट हुनुको विकल्प नरहेको धारणा राखे । सभामा बोल्दै नेता रामचन्द्र झाले जनमोर्चाबाट धर्मनाथ लगायत थुप्रै नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएको बताउंदै आज आफैले पार्टी प्रवेश गर्नु परिरहेको जानकारी दिँदै राजनीतिमा कहिलेकाहिँ उल्टो–पुल्टो हुने गरेको बताए । ओलीको हठको कारण हुंदा–हुंदै पार्टीको आप्mनो रगत पसिनाले निर्माण गर्ने व्यक्ति माधव नेपाल समेतलाई पार्टीबाट निष्काशन गर्नु कम्युनिष्ट आन्दोलनमाथि कलंक रहेको र आगामी चुनावमा जनताले ओलीलाई राम्ररी सिकाउने विश्वास व्यक्त गरे । कम्युनिष्ट पार्टीको काम हो संविधानसभा विघटन गर्नु हो ? के कम्युनिष्ट पार्टीको उद्देश्य पानी जहाजको कुरो जस्तो बकम्फुसे गफ दिने काम हो ? भन्ने प्रश्न समेत नेता झाले तेर्साए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट रामचन्द्र झा ,नेपाली कांग्रेसका डा.अजय कुमार झा सहित विभिन्न पार्टीका करिब दुइ हजार कार्यकर्ताहरुले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।


