२०७८ मंसिर ८, बुधबार ०७:०६

जनकपुरधाम । संघीय सरकारमा संस्कृति, पर्यटन मन्त्रालय हुने मन्त्री पार्टीको वरिपरि मैथिली भाषी कलाकारहरु घुम्ने गरेका छन् ।

राजनीतिक दलका नेताहरुले दलबदल गरेको भन्दा कलाकार हरुले पर्यटन मन्त्रालय भाग परेको दलमा छिर्ने गरेका छन् । त्यस्ता कलाकारहरुको एउटा झुण्ड नै रहेको छ ।एमाले, माओवादी, नयाँशक्ति हुँदै हाल माधव नेपाल नेतृत्वको नेकपा(एस) तर्फ ती कलाकारहरु लागेका छन् । प्रज्ञा प्रतिष्ठानदेखि पुरस्कार थाप्न कलाकारहरु अहिले नेकपा(एस)मा छिरेका छन् ।उनीहरुका लागि सो पार्टीमा प्रवेश गरेका पूर्व मन्त्री रामचन्द्र झा बलियो भ¥यांग हुने भएका छन् ।नेकपा (एस)मा मैथिली भाषी कलाकारहरुको राम्रै संख्या रहने देखिएको छ । नेकपा एसका प्रेमबहादुर आले संस्कृति तथा पर्यटनमन्त्री हुन् ।प्रदेशमा पनि सो पार्टीका स्थायी कमिटी सदस्य सत्रुधन महतो उद्योग, पर्यटन तथा वन मन्त्री रहेका छन् ।प्रदेश र संघीय सरकारमा नेकपा एसका मन्त्रीहरु नै रहेकाले मैथिली क्षेत्रकॉचतुर’कलाकारहरुले रंग फेर्न ढिला गरेका छैनन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा धनुषा जिल्लाको तिनकौरिया चोकमा भएको पार्टी प्रवेश कार्यक्रममा नेताहरुको भन्दा कलाकारहरु बढि उत्साहित देखिए ।

विगतमा नेता झा सत्ताको अभ्यास भन्दा बाहिर रहँदा कलाकारहरु अर्कै दलका नेताहरुका निकट पुगेका थिए । नेकपा एसमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई ‘गुलियो’ लाग्ने नलाग्ने पछि बुझिनेछ । तर कलाकारहरुले भने तत्कालै गुलियो चाख्ने भएका छन् । प्रदेशदेखि संघीय सरकार सम्म उनीहरुले फाइदा लिने बाटो बनाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News