२०७८ मंसिर ८, बुधबार १७:१२

धार्मिक अतिवाद र आतंकवादबाट मुलुकलाई जोगाउन सरोकारवालाले आग्रह गरेका छन् । उनीहरुले यी दुवै क्रियाकलापले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती थप्ने उनीहरुको भनाई छ ।

नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमला विषयक परिचर्चामा बोल्ने वक्ताहरुले त्यस्तो बताएका हुन् । राष्ट्रिय एकता अभियान पर्साले वीरगञ्जमा परिचर्चा कार्यक्रमको आयोजना गरेको थियो । धार्मिक अतिवादी संगठन र वाह्य आतंकवादी संगठनहरुबाट भारतमा विभिन्न आपराधिक घटना भएको उदाहरण बताउँदै उनीहरुले त्यसतर्फ राज्य गम्भिर हुनुपर्नेमा जोड दिए ।

नोभेम्बर २६, २००८ मा मुम्बईमा आतंकवादी हमला भएको थियो । पाकिस्तानबाट डुंगामा आएका १० जना लस्कर ए तइबा समूहसँग आबद्ध आतंकवादीले रेलवे स्टेशन, होटल, सामाजिक संस्था, सिनेमा हल, अस्पताल र रेस्टुरेन्टमा हमला गरेका थिए । जसमा १ सय ६४ जनाको मृत्यु भएको थियो । ९ जना आतंकवादी मारिएका थिए भने अजमल कसाब समातिएका थिए । पछि उनलाई फाँसी दिइएको थियो ।
भारतमा जाली नोट पक्राउ पर्दा नेपालमा बनाएको कुरा आउनु, नेपालबाट भटकल र टुन्डा जस्ता आतंवादी पक्राउ पर्नु र पाकिस्तानबाट नियोजित आदापुर—छौडादानोमा रेल उडाउने जस्ता आतंकवादी योजना बारा जिल्लाकै भूमिबाट समसुलको समुहले लागु गर्न खोज्नु सुरक्षाको लागि ठूलो चुनौतीको रुपमा हेर्नुपर्ने चर्चा कार्यक्रममा भएको छ ।

कार्यक्रममा पत्रकार अनिल तिवारीले नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमलाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नेपालमा कुनै पनि देशको नागरिक सहजै आउन सक्ने, खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण बेला बेलामा देखिएको घुसपैठ हुने गरेको, पाकिस्तानले नेपाली भूमि, नाका मार्फत भारत विरोधी कार्य गर्न नेपालका विभिन्न धार्मिक तथा आपराधिक संगठन प्रयोग गरिरहेको, आतंकवादलाई अन्तराष्ट्रिय संजालमा मलजल पुर्याउने हुण्डी कारोबार, हतियार ओसार पसार, भारतीय जालीनोटको कारोबार, सुन तस्करी, लागुपर्दाथ जस्तै अफिम, चरेश, स्मैकको ओसार पसार एवं मानव तस्करी लगायतको अवैध कारोबार बढेको, म्यानमारको रोहिंग्या, बङ्गलादेश, अफगानिस्तान, लगायतका आतंकवाद प्रभावित मुलुकबाट अनाधिकृत रूपमा शरणार्थी वा अन्य आवरणमा नेपालमा प्रवेश गरेको उल्लेख छ ।

त्यस्तै धार्मिक अतिवाद वाढावाका लागि अप्रत्यासित रुपमा बढिरहेका वैदेशिक लगानीमा सञ्चालित सामाजिक संस्थाहरु बढेको, फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालबाट नेपाली युवालाई दिग्भ्रमित गर्ने काम योजनागत रुपमा संचालन भईरहेको, लभ जेहाद र नवीनतम प्रविधि, साइबर अपराध, विश्वव्यापीकरण आदि विषयहरू समेत आउँदो दशकमा नेपालका लागि प्रमुख सुरक्षा चुनौती बनेको कार्यपत्रमा उल्लेख छ । सबैभन्दा ठूलो चुनौती हिन्दु युवाहरुलाई धर्म परिवर्तन गराएर धार्मिक अतिवादमा लगाउनु रहेको दावी गरिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले समाजमा आएर सेल्टर लिएर आतंकवादी गतिविधि सञ्चालन भईरहेकोमा सचेत हुन आग्रह गरे ।

नेपाल ब्राह्मण समाजका अध्यक्ष हरि नारायण मिश्रले मुम्बई घटना भारतका लागि मात्रै नभएर विश्व समुदायका लागि चेतावनी भएको बताए । गाजालाई मान्यता दिँदा आतंकवादलाई प्रसय मिल्ने दावी उनको छ ।

संघिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम नरेश यादवले आवाज जावत सहज भएकोले जुनसुकै समयमा अप्रत्यासित घटना हुन सक्ने बताए । कुनै वर्ग समुदायलाई दोष दिनुको साटो भाईचारा, धार्मिक सहिष्णुता किन खलबल आईरहेको छ अध्ययन गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापाले आतंकवादीको कुनै जाति, धर्म र राष्ट्र नहुने बताए । उनले आतंकवादले राष्ट्रलाई तहसनहस पार्ने भएकोले कसैले पनि त्यसलाई प्रसय दिन नहुनेमा जोड दिए ।

हामी त्यसमा संलग्न हुँदैनौं, तर हामीलाई मुछेर दोष दिने गरिन्छ । पाकिस्तानी आतंकवादी, हुण्डी, जाली नोटको कारोबारीलाई संरक्षण गरेको आरोप लाग्ने गरेको छ । उनले भने हामी त्यसमा संलग्न छैनौं, कोहि संलग्न छन भने उनीहरुलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले एक अर्कालाई सम्मानजनक हिसाबले व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले शंकास्पद गतिविधि भईरहेको जानकारी प्रहरी प्रशासनलाई गराउन आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News