२०७८ मंसिर ८, बुधबार १९:१७

विवाह पञ्चमी अगावै जनकपुर– जयनगर रेल सञ्चालन गर्नुपर्ने माग राखेर जनकपुरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता कार्यकर्ताहरुले आज प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागी लोसपाका कार्यकर्ताहरुले विवाह पञ्चमीभन्दा अगाडी नै रेल सञ्चालन गर, गठबन्धनको सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरुले जनकपुरको विभिन्न भागमा परिक्रमा गर्दै रेल सञ्चालनमा सरकारले चासो नदेखाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विगत १ वर्ष बढीदेखि नेपाल सरकारले भारतसँग खरिद गरेको रेल इनर्वा स्टेशनमा थन्किएको छ । रेल ल्याउँदा खुसी भएकाहरु अहिले निरास बनेका छन् । पटक पटक भौतिक पूर्वार विकास मन्त्री फेरिए, रेल्वेका महानिर्देशक फेरिए तर रेल भने कहिलेदेखि चल्ने टुङ्गो छैन ।

रेल चलाउनका लागि कानून र बजेट अभाव रहेको बताइएको छ । सरकार कानून बनाउन चासो देखाएका छैन । कानून निर्माण भएपनि रेल चलाउन महिनौं लाग्छ किनकी अहिलेसम्म कर्मचारी समेत नियुक्त गरिएको छैन ।

Comment


Related News

Latest News

Trending News