अपडेट 
२०७८ मंसिर ९, बिहीबार १६:१४

एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई ७ अर्ब ८ करोड रुपैयाँ ऋण सहायता दिने भएको छ ।

बैंकले इलेक्ट्रिसिटी ग्रीड मोडर्नलाइजेसन प्रोजेक्ट (ईजीएमपी) का लागि नेपाल सरकारलाई ६० मिलेनियन अमेरिकी डलर अर्थात् ७ अर्ब ८ करोड नेपाली रुपैयाँ थप ऋण सहायता दिने भएको हो । ऋण सहायता सम्बन्धि भोलि शुक्रबार, मंसिर १० गते अर्थसचिव मधुकुमार मरासिनी  र एडीबीका लागि नेपाल मिसन प्रमुख अरनदा काउचोसीबीच सम्झौता हुँदैछ । उक्त सम्झौतामा यता नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको समेत सहभागिता रहने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News