अपडेट 
२०७८ मंसिर ९, बिहीबार १७:१२

जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका आन्दोलितमध्ये ११ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

करारमा नियुक्त गर्नुपर्ने माग राख्दै विश्वविद्यालयका शिक्षकहरु करिब ४ महिनादेखि आन्दोलनरत छन् । उनीहरु विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । तर प्रहरीले ताला खोल्न लाग्दा अबरोध गरेपछि शिक्षकहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शिक्षकहरुलाई गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको थियो । त्यसपछि अन्य शिक्षकहरु र विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय अगाडी गएर प्रदर्शन गरेका छन् । उनीहरुले पक्राउ गरिएको शिक्षकहरुलाई अबिलम्ब रिहा गर्न माग गरेका हुन् ।

https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=11s

Comment


Related News

Latest News

Trending News