२०७८ मंसिर १०, शुक्रबार ०७:१६

घर बाट सुरु गरौ ,महिला हिँसा अन्त्य गरौ भन्ने मूल नाराको साथ बिहीबारदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

अभियानको पहिलो दिन रौतहटको विभिन्न नगरपालिका , गाउंपालिकाहरुमा जनचेतनामूलक नारा लगाउदै महिला हिंसा तथा लैंगिक हिंसा अन्त्य गरौ भन्दै अभियान सुरु गरिएको हो । राजदेवी नगरपालिकाका नगर उपप्रमुख अंशु कुमारी सिंहको अगुवाईमा ग्रामिण विकास केन्द्र नेपालको सहयोगमा महिला हिंसा बन्द गरौ , हातमा कपी कलम साथ भए जीवन आफ्नो हात हुने जस्ता नारा लेखिएको प्लेकार्ड सहित वडा नम्बर ६ को दलित वस्तीबाट सुरु गरिएको ¥याली वडा नम्बर ७ को परिक्रमा गर्दै नगरपालिका कार्यालयमा गइ कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै उपमेयर सिंहले सोच परिवर्तन नभए सम्म महिला तथा बाल बालिका माथि हुने विभिन्न किसिमको हिंसाको अन्त्य नहुने बताइन् । उनले अशिक्षाको कारण यस्ता किसिमको विभेद समाजमा जडो गाडेकोले शिक्षा , जनचेतनामूलक कार्यक्रम वृहत रुपमा हुनु पर्नेमा जोड दिए । गौर नगरपालिकाका नगर उपप्रमुख किरण कुमारी ठाकुरले समाजमा गरिबी र अशिक्षाको कारण घरेलु हिंसा , लैंगिक हिंसा कायम भएको जिकिर गर्दै यसलाई न्यूनीकरण गर्न महिला र पुरुष दुबै सचेत हुनु पर्ने एक मात्र विकल्प रहेको बताइन् ।

गाउं घरमा अहिले पनि महिला हिंसा तथा लैंगिक हिंसा बढ्दो क्रममा रहेको र भएको घटना सामाजिक रुपमा मिलापत्र गराउने प्रवृति हावी भएको कारण बाहिर आउन नसकेको धारणा राखिन् ।

Comment


Related News

Latest News

Trending News