२०७८ मंसिर १०, शुक्रबार १६:४३

पछिल्लो २४ घन्टामा देशभर २७० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १० हजार ४ सय ४६ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २७० जना संक्रमित भेटिएका हुन्।

यस्तै, आज २ जना संक्रमितको मृत्यु भएको छ। भने ३०२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर सात हजार २८७ जना सक्रिय संक्रमित रहेका छन्। हाल नेपालमा कोरोना संक्रमणको निको हुने दर ९७ प्रतिशत रहेको छ।

Comment

Related News

Latest News

Trending News