रौतहट । नेपाल बार एसोशिएसन काठमाण्डुका उपाध्यक्ष रामचन्द्र सिंहले सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराको कारण न्यायपालिकामाथिको जनविश्वास घट्दै गएकोले बहिर्गमन गर्नु पर्ने आवश्यक रहेको बताएका छन् ।
राजनीतिक भागवण्डाको आधारमा प्रतिनिधि सभाको पुनरस्थापना गरेको आरोप लागेका प्रधान न्यायाधीश जबराको राजिनामाको माग गर्दै नेपाल बारले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत रौतहट जिल्ला अदालत बार एकाइले शुक्रवार आयोजना गरेको विरोध कार्यक्रममा बोल्र्दै अधिवक्ता सिंहले न्याय, सुशासन र मानव अधिकारको रक्षाकालागि नेपाल बारले आवाज उठाउदै आएको बताए । उनले प्रधानन्यायाधीश जबराको कारण न्यायपालिका नै बदनाम भएको जिकिर गर्दै महाअभियोग लगाउन राजनीतिक दलहरुलाई आग्रह गरे । स्वस्च्छ सुनुवाई निष्पक्ष न्याय जनताको अधिकार भएकोले बिचौलियाको भनाइमा लागेर गरेको कार्यले न्यायालय माथि अविश्वासको पातावरण सृजना भएको धारणा राखे । अहिले शान्तिपूर्ण आन्दोलन थालेको नेपाल बारले प्रधान न्यायाधीश जबराले राजिनामा नदिए आन्दोलनको आँधीबेरी आउन सक्ने चेतावनी समेत उनले दिए । आन्दोलनको भारी वर्ष हुन्छ र जबरालाई बगाएर लग्ने बताउंदै सिंहले भने,‘राजिनामा नदिए आम जनता विरोधमा उत्रेर भ्रस्ट न्यायमूर्तिको बहिर्गमन गर्ने छन् ।’ सुशासन , पारदर्शिता , स्वच्छ न्यायपालिकाको लागि एकजुट भएर आन्दोलन गर्नुको विकल्प नरहेको जिकिर गरे । राजनीतिक दलको सिफारिसमा न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया समाप्त गर्नु पर्ने उल्लेख गरे ! निष्पक्ष प्रतिस्पर्धाबाट न्यायधिश न्युक्ति गर्नु पर्ने उनले तर्क गरे । कार्यक्रममा बारा जिल्लाका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता प्रल्हाद गौतमले न्यायपालिकालाइ शुद्धिकरण गर्नु पर्ने आवश्यकतामा जोड दिए ।
पर्साका बरिष्ठ अधिवक्ता शिव कोइरालाले जनताको न्याय , विधिको साशनको लागि नेपाल बारले आवाज उठाउंदै आएकोले भ्रस्ट न्यायाधीशहरुको बर्खास्तीको लागि कदम चालिएको बताए । चोलेन्द्र समशेर जबराले राजिनामा नदिए सम्म आन्दोलन नरोकिने भन्दै अधिवक्ता कोइरालाले भ्रस्टाचारीको संरक्षण गर्ने राजनीतिक दलको विरुद्ध पनि आम नेपाली जनताले आन्दोलन गर्ने चेतावनी दिए । न्यायपालिकालाइ स्वच्छ बनाउनको लागि कानूनी रुपमा प्रधानन्यायाधीश जबरामाथि महा अभियोग लगाउनको लागि सबै राजनीतिक दललाइ अघि बढ्नु पर्ने आग्रह समेत गरे । बरिष्ठ अधिवक्ता अनिरुद्ध महतोले बिचौलिया सित सांठ–गांठ गरी राजनीतिक दल सित मिलेर आफ्नो नातागोतालाइ मन्त्री बनाउने जबरालाइ पद बाट राजिनिमा दिनु पर्ने माग गरे । कार्यक्रममा । रौतहट एकाइका अध्यक्ष राजाराम यादवको उच्च अदालत बारका प्रमोद साह , रौतहटका अधिवक्ता मोहमद मजरुल हक लगायतका कानुन व्यवसायीहरुले प्रधान न्यायाधीशको बहिर्गमनको लागि निरन्तर रुपमा आन्दोलनको कार्यक्रम संचालन गर्नुपर्ने केन्द्रिय बार लाइ सुझाव दिएका छन् । विरोध कार्यक्रममा पर्सा , बारा र रौतहटका कानुन व्यवसायीहरु सहभागी भएका थिए ।


