अपडेट 
२०७८ मंसिर ११, शनिबार ०७:४९

जनकपुरधाम । धनुषाधाम नगरपालिका–३ स्थित धनुष जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित बनेपछि विद्यालय व्यवस्थापन समिति गठन गर्न सहमति बनेको छ ।

विगतमा भएको सहमति अनुसार विद्यालय व्यवस्थापन समिति चयन नगरेको भन्दै विद्यार्थीहरु विद्यालयका प्रधानाध्यापक राजेन्द्र साह विरुद्ध प्रदर्शन गरे । आक्रोशित विद्यार्थीहरु शुक्रबार धनुषाधाम बजारमा टायर पनि बाले । विद्यार्थीहरुले विद्यालयको मुख्यद्वार तोडफोड गर्न लाग्दा प्रहरीले रोक्न खोज्दा दुबै पक्षबीच सामान्य झडप समेत भएको थियो । प ्र ह र ी ल े हस्तक्षेप गर्दा पनि विद्यार्थीहरुले आन्दोलन जारी राखेपछि विद्यालयका प्रधानाध्यापक साह विद्यालय व्यवस्थापन समिति ४ दिनपछि चयन गर्न सहमत भएका हुन् । स्थानीय प्रहरीका अनुसार मंसीर १४ गते विद्यालय व्यवस्थापन समिति चयन गर्ने सहमति भएपछि विद्यार्थीले आन्दोलनको कार्यक्रमहरु स्थगित गरेका छन् । यस अघि मंसिर १० गते समिति चयन गर्ने सर्वपक्षीय सहमति भएको थियो । तर नेकपा एमालेका नगर प्रतिनिधिले राष्ट्रिय महाधिवेशनमा जान लागेको भन्दै समिति चयन स्थगित गर्न पत्र लेखेका थिए । सो पत्रकै आधारमा प्रधानाध्यापक साहले समिति चयन गर्न अभिभावक भेला स्थगित गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका थिए ।

विद्यालय व्यवस्थापन समिति नरहेकाले शिक्षकहरु मनपरी गर्ने गरेको विद्यार्थीहरुको आरोप छ । सबै विषय पठन– पाठन हुनुपर्ने उनीहरुको माग छ । तर प्रधानाध्यापक साह अटेर गरेपछि बाध्य भइ आन्दोलनमा उत्रिनु परेको विद्यार्थीहरुको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News