२०७८ मंसिर १२, आईतवार ०७:१९
जनता समाजवादी पार्टी नेपालको विसु अभियान जारीरहेको छ ।
अभियान अन्तर्गत धनुषा जिल्लाको चारनाथ नगरपालिका–१ मा शनिबार वार्ड स्तरीय भेला एवम् पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र,नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा नेपाल लगायतका विभिन्न पार्टीका १ सय २५ जना कार्यकर्ताहरु जसपामा प्रवेश गरेको जानकारी समाजवादी दलित मुक्ति संगठनका प्रदेश २ का अध्यक्ष रामो महराले दिए । कार्यक्रममा केन्द्रीय सदस्य दीपक कार्की,पार्टीका नगर अध्यक्ष राम एकवाल महरा, पूर्व सांसद उर्मिला साह,केन्द्रीय सदस्य चन्देश्वर सदा सहितकाले नप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।


