२०७८ मंसिर १२, आईतवार ०७:४३

घर बाट सुरु गरौ , महिला हिंसा अन्त्य गरौ मूल नाराको साथ रौतहटमा एक दिवसीय महिला हिंसा न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखाले शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा आवाज प्रदेश २ का संयोजक पूजा पाठक तिमिल्सिनाले हिंसा आफ्नै घरबाट अन्त्य गर्नु पर्नेमा जोड दिए । उनले घर परिवार आफन्तबाट बढी हिंसाको घटना हुने भएकोले महिलाहरुले यसको विरोध घरबाटै गर्नु पर्ने बताए । महिलाले नै महिला माथि हिँसा गर्ने गरेको ,पुरुष पनि महिलाको हिंसाको शिकार हुने गरेकोले घरेलु हिंसा , महिला हिंसा लैंगिक हिंसाको उन्मूलन नभए सम्म समतामूलक समाजको कल्पना गर्न नसकिने उनले बताइन् । राजनीतिक ,सामाजिक , सार्वजनिक यातायात , विद्यालय ,कलेज ,घर परिवारमा महिला ,बाल बालिका हिंसाको शिकार हुने गरेको बताउंदै यस्ता किसिमका विकृति हटाउन सबै जना गम्भीर भइ प्रतिबद्ध हुनु पर्ने आजको आवश्यकता रहेकोमा उनले जोड दिइन् । कार्यक्रममा बोल्दै जिल्ला संयोजक यशोदा रावतले ग्रामीण भेगमा महिला हिंसा बढी हुने गरेको र बाहिर आउन नसकेको अवस्था रहेको जानकारी दिँदै हिंसाको स्वरुप प्रकार र यसबाट हुने असरबारे पनि ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलाहरु अनभिज्ञ रहेकोले जनचेतना जगाउन अझै प्रभावकारी कार्यक्रमहरु गर्नु पर्ने बताइन ।

घरमा हिंसा भए सम्बन्धित प्रहरी कार्यालयमा उजुरी दिनलाइ पछि नहट्न महिलाहरुलाई आग्रह गरे । कार्यक्रममा सहभागी भएकामध्ये कक्षा ८ मा अध्ययन गर्ने बालिका लक्ष्मी थापा , अम्बिका सहनी ,दुर्गा दाहाल , मंजु पोखरेल , बबिता सहनीले लैंगिक हिंसा , महिला हिंसा भए सहन गरेर बस्दा ठूलो दुर्घटना निम्त्याउन सकिने भएकोले पीडकलाई कानूनी दायरामा ल्याउन अघि बढ्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News