२०७८ मंसिर १३, सोमबार ०७:०३

जनकपुरधाम । विगत ७ दिन देखि कामकाज ठप्प पारेर विरोधमा उत्रेका जनकपुरधाम उप– महानगरपालिकाका कर्मचारीहरु सोमवारवाट काममा फर्केका छन् ।

आइतवार जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह, वडाध्यक्षहरु तथा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन बीच भएको सहमति अनुसार विवाहपञ्चमीलाई मध्यनगर गर्दै तत्कालकालागि काममा फर्कने सहमति भएको छ । उप–महानरपालिकाका वडाध्यक्ष तथा मेयर साहले कर्मचारीहरुलाई काममा फर्कन आग्रह गरेपछि उनीहरुले हामी तत्कालकालागि मात्रै फर्कने जनाउँदै अभद्र व्यवहार गरेका वडाध्यक्षहरुले माफी नमागे र काम गर्ने बातावरण निर्माण नभए सम्म काममा नफर्कने चेतावनी दिएका थिए । हाम्रो कामकारवाहीमाथि आशंका गर्ने र गालीगलौज गर्ने वडाध्यक्षहरु कार्यालय परिसरमा आएर हामीसंग बार्ता गरोस र कर्मचारी दोषी देखिए कर्मचारीलाई कारवाही होस, यदि वडाध्यक्षहरु दोषी देखिए उनीहरुलाई कारवाही हुनु पर्ने माग गरे । तर, मेयर साहले आन्दोलनलाई समाप्त गरी आम जनतालाई पर्न गएको असुविधाको बारेमा ख्याल गर्नकालागि कर्मचारीहरु संग आग्रह गरेका थिए । मेयर साहले भने–‘ विवाहपञ्चमी महोत्सव हाम्रोलागि गौरवको विषय हो, यसमा देशी विदेशी पाहुनाहरु आउने गरेका छन्, फोहरले नगर दुर्गन्धित बन्दै गएको छ, यसकोउहाँहरुको अगाडि अपमानित सम्पूर्ण नगरबासी हुने भएकाले काममा फर्कनुस ।’ उनले कामलाई तीव्रता दिई नगरको सरसफाई गरी सभ्यताको परिभाषा दिनकालागि समेत आग्रह गरेका थिए ।

यस भन्दा पहिला वडाध्यक्षहरुले उप–महानगरका मेयर साहको कार्यकक्षमा लगाइएको ताल्चा पूmटाइएको थियो । जनकपुरधाम उप– महानगरपालिकाका वडा ३, ४ र ७ का वडाध्यक्षहरुले मृत गाईको व्यवस्थापनको विषयमा सरसफाई कर्मचारीको विरोध गर्दै मेयर साहको कार्यकक्षमा ताल्चा लगाएका थिए । तर, वडाध्यक्षहरुले आइतवार सो ताल्चा पूmटाएका हुन् । उनीहरुले दुई चार वडाध्यक्षको बन्धकीमा उप– महानगर नपर्ने र हामीहरुको कामकारवाहीमा अवरोध भएका कारण हामीले ताल्चा पूmटाई नगरबासीहरुको कामलाई सहज बनाएका बताए ।

Comment


Related News

Latest News

Trending News