२०७८ मंसिर १३, सोमबार ०७:२५
महोत्तरी । जिल्लाको सम्सी गाउंपालिका–७ मा भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याएको १ लाख १७ हजार ५ सयको किरानाको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार अबेर राति जिल्ला प्रहरी कार्यालय महोत्तरी र सम्सी प्रहरी चौकीबाट खटेको संयुक्त टोलीले स्थानीय बिलास साहको घरमा लुकाइ राखेको अवस्थामा सामानहरु नियन्त्रणमा लिएको हो । प्रहरीले ३१ बोरा चीनी, प्लाष्टिकको प्लेट ,मिठाइमा प्रयोग गरिने रंग लगायतको सामग्री नियन्त्रणमा लिएको हो । त्यसैगरी बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुइ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिप्रका महोत्तरीले जनाएको छ । सामान ल्याउने व्यक्ति फरार भएको छ भने नियन्त्रणमा लिइएका समानहरु जिल्ला भन्सार कार्यालय मलिवाडामा बुझाइएको प्रहरीले जनाएको छ ।


