२०७८ मंसिर १४, मंगलवार ०६:५०

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको निर्वाचन कार्यतालिकामा हेरफेर गरिएको छ ।

प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम रहेकामा त्यसलाई मंसिर १७ गतेका लागि सारिएको छ । मंसिर १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन् । केन्द्रीय महाधिवेशन पनि उम्मेदवारी मनोनयन दर्ता महाधिवेशनको उद्घाटन कार्यक्रमपछि मंसिर २५ गते हुनेछ । यसअघि निर्वाचन समितिले उद्घाटनअघि नै मंसिर २१ गते नै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो । सोमबार विहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन कार्यतालिकाको विषयमा निर्वाचन समितिका पदाधिकारीहरुसँग छलफल गरेका थिए । छलफलमा नेताहरुले महाधिवेशन उद्घाटन हुनुअघि नै मनोनयन दर्ता गर्नु व्यवहारिक नभएको भन्दै संशोधन गर्न आग्रह गरेका थिए । यता, धनुषाका ४ वटा क्षेत्रमा सोमवार सर्वसम्मतवाट क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि चयन गरिएको छ ।

सोमवार क्षेत्र नं. १,२ र ४ को महाधिवेशन सम्पन्न भएको छ भने क्षेत्र नं. ३ को महाधिवेशन आइतवार सम्पन्न भएको थियो । क्षेत्र नं. १ मा जीतनारायाण यादव, ४ मा कुमरकान्त झालाई क्षेत्रीय सभापतिमा सर्वसम्मतले चयन गरिएको छ । क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिमा कांग्रेस नेता आनंद ढुङ्गाना, उनका पत्नी पदमा ढुङ्गाना, प्रेमकिशोर साह, भोला पजियार, लियाकत राईन, हरिनारायण साह, मनहरी श्रेष्ठ, प्रदीप यादव लगायत २५ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । त्यस्तै क्षेत्र नम्वर ४ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेन्द्र यादव, पूर्व सांसद चन्द्रमोहन यादव, योगेन्द्र पजियार, समिर घिमिरे, बासुलाल महतो, राजकुमार महतो, इव्राहिम राईन, वीरेन्द्र साह, नवल यादव, बुलन यादव, सन्तोष यादव, कोमलकान्त झा, मनोज मिश्र, तुल्सा आचार्य, सरु लामा, रचना माथेमा लगायतका महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । यता, क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा समेत सर्वसम्मतको प्रयास भए पनि अवेर राती सम्म अन्तिम नतिजा आउन सकेको छैन् ।

Comment


Related News

Latest News

Trending News