२०७८ मंसिर १४, मंगलवार ०७:०६

सप्तरी । नेपाली कांग्रेसको निर्वाचन जिल्लाको प्रदेश सभा क्षेत्र ख को उपसभापतिमा एक जना उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् ।

संस्थापन पक्षका मानिएका रंजीत कुमार चौधरी र संस्थापन ईतर पक्षका उम्मेदवार विजय कुमार साहले बराबर मत ल्याएपछि गोला प्रथावाट निर्णय गरिएको हो । पार्टीका प्रवक्ता प्रभातकुमार ललनका अनुसार चौधरी र साह दुबैले १ सय २९ मत प्राप्त गरेका थिए । उपसभापतिमा दुबैको मत बराबरी भएपछि सोमबार बिहान जिल्ला निर्वाचन अधिकारी रुद्र प्रसाद शर्माको उपस्थितिमा गरिएको गोलाप्रथामा साहले जिते । सभापतिमा पनि संस्थापन इतर पक्षकै श्याम यादवले ५ मतले चुनाव जितेका थिए । यसअघि सम्पन्न राजविराज नगर सभापतिमा आनन्द कुमार झा र प्रदेश १ को क मा प्रदेश क्षेत्रीय सभापति पदमा परशुराम चौधरीले ५ मतको अन्तरले चुनाव जितिसकेका छन् ।

Comment


Related News

Latest News

Trending News