पर्सा । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आगामी चुनावमा सशक्त रणनीति बनाउन नेता कार्याकर्तालाई सुझाव दिएका छन् ।
पार्टीको शपथ ग्रहण तथा पदस्थापना समारोहमा प्रदेश नं.२ का सांसद रमेश प्रसाद कुर्मीले आगामी निर्वाचनको लागि कार्यकर्ताहरु बीच तीव्र अभियानको थालनी गरेका छन् । आगामी निर्वाचनमा पार्टीले अन्य पार्टीलाई कडा प्रतिस्पर्धा दिने भन्दै सांसद कुर्मीले अन्य पार्टीका उम्मेदवारको जमानत जफत हुने प्रकारको योजना बनाउन नेता कार्याकर्ताहरुलाई सुझाव दिएका थिए । आगामी निर्वाचनमा ठूलै पार्टीहरुसँग प्रतिस्पर्धा हुने भएकोले पार्टीलाई चुस्त दुरुस्त बनाई स्वच्छ छविका नेता कार्यकर्ताहरुलाई यस पटक मौका मिल्ने भएकाले त्यस्ता व्यक्तिलाई सिफारिस गर्न उनले आग्रह गरे । कार्यक्रममा प्रह्लाद गिरी, केन्द्रीय सदस्य शशी कपुर मिया, जिल्ला अध्यक्ष पुरुषोत्तम झा, नगर अध्यक्ष ओम प्रकाश, उपाध्यक्ष शेख फिरोज, पार्टीका महिला नेत्री मुन्नी श्रीवास्तव, रम्भा मिश्रा, मालती कुशवाहा, उषा श्रीवास्तव, नेता देवानन्द यादव लगायत को उपस्थिति रहेको थियो ।


