अपडेट 
२०७८ मंसिर १५, बुधबार ०७:२४

दक्षिण पूर्व एशियाका देशहरुमा जुन किसीमले एशिआइ जाति धर्म, संस्कृति तथा भाषा आदिको गहिरो प्रभाव देखिन्छ त्यसरी नै पश्चिमी सभ्यता संस्कृतिको प्रभाव देखा पर्दछन । यी देशहरुमा पूर्वीय देशका विभीन्न जाति एवं सम्प्रदायहरु बसोवास गरेको पाइन्छन भने पश्चिमीय देशको सभ्यता र संस्कृतिको गहिरो प्रभाव पनि यताका वासिन्दाहरुमा देखा पर्दछन । यसको मुख्य कारण पश्चिमी सम्पर्क नै हो । प्रारम्भमा यस क्षेत्र माथि पश्चिमको गृद्ध दृष्टि परेको थियो त्यसको मुख्य कारण यस क्षेत्रको व्यापारिक महत्व बढी भएकोले नै हो । यस क्षेत्रमा विशाल सामुद्रिक क्षेत्रहरु छन र व्यापार गर्न सजिलो छन ।

पश्चिमी राष्ट्रहरु यी सजिला सामुद्रिक बाटोबाट आकर्षित भए । र यिनीहरु त्यतिखेर अविकसित भएकोले यस क्षेत्रका कच्चा पर्दाहरु ओसार प्रसार गरी आ–आफ्ना देशहरुको औद्योगिक विकास गरे र तैयार माल ल्याई यी देशहअरुमा विक्री गर्दथे । यी देशहरु पश्चिमको औपनिवेशिक क्षेत्र बने । दक्षिण पूर्व एशियाका कतिपय देशहरु सोह्रौ शताबदी देखिनै पश्चिमी शासनमा रहे र बीसौं शताब्दीमा आएर मात्र औपनिवेशिक शासनबाट मुक्त हुन सके । फिलिपिन्समा सोह्रौ शताब्दीमा सर्वप्रथम स्पेनिश शासन अन्तर्गत आउनु भन्दा पहिले चीन, अरेविया, कम्बोडिया, थाइलैण्ड, भियतनाम आदि देशहरुसँग व्यापारिक सम्पर्कमा थियो र त्यहा एशियाइ विभिन्न जनजाति वास गरि रहेकोले त्यहाँ एशियाई संस्कृतिको विकास भएको देखिन्छ । फिलिपिन्स तीन शताब्दीसम्म स्पेनी उपनिवेश रहयो र त्यसपछि यो देश अमेरिकी र द्वितीय विश्वयुद्धको बेला लगभग तीन वर्षको लागि जापानी शासन अन्तर्गत रहेको पनि थियो । द्वितीय विश्वयुद्धमा त जापानी यस क्षेत्रका कैयौं ठाउँहरुमा पश्चिमी प्रभाव हटाई आफनो प्रभुत्व कायम गरेको देखिन्छ । १९४२ देखि १९४५ सम्म यस क्षेत्रमा जापानकै वर्चश्व यिथो । फिलिपिन्समा स्पेनिश कालदेखि प्रारम्भ भएको बोरांग तगालोग पोशाक अहिलेपनि प्रचलित छ भने अंग्रेजी प्रमुख भाषा र पश्चिमी भोजन अधिक लोकप्रिय छन । पर्व त्योहारमा पनि पश्चिमी प्रभाव दृष्टिगोचर हुन्छ । आइमाई पश्चिमी पोशाक नै लगाउन रुचाउन्छ । अमेरिकी वास्तुकला अहिले पनि देख्न सकिन्छ । मलक्का सोह्रौ शताब्दीमा पुर्तगाली शासन अन्तरगत आयो र सय वर्षसम्म पुर्तगाली उपनिवेश रही सत्रौं शताब्दीमा डचशासन अन्तर्गत आयो । तत्पश्चात उनाइसौ शताब्दीमा अंग्रेजी शासन अन्तर्गत परेको देखिन्छ । मलक्का पनि बृटिश शासनकालमा द्वितीय विश्वयुद्धको बखत जापानी शासन अन्तर्गत रही पुनः बृटिश शासन अन्तर्गत आई १९५६ मा विदेशी शासनबाट मुक्त भएको थियो । मलक्का उनाइसौ शताब्दीसम्म पूर्व र पश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको थियो । र यस व्यापारिक कारणले नै यस ठाउँमा अरब, भारतीय, चीनी, इण्डोनेशियाई, थाई, पुर्तगाली, तथा बृटिश व्यापारीहरुको आवत जावत र बसोवासले गर्दा पनि यस ठाउँको संस्कृतिमा यी देशहरुको भाषा, व्यवहार, खानपान, रहनसहन, धार्मिक विश्वास आदिमा गहिरो प्रभाव परेको छ ।

यस ठाउँमा चीनी कपडा, अफिम, हाथी दाँतको सामान तथा चीनी व्रासको सामान लोकप्रिय रहेको छ । सन् १९९४ जनवरीमा कलकत्ताबाट प्रकाशित द टेलिग्राफमा अशोक सेनद्वारा लिखित लेखमा बंगाली साहित्यकारहरु मिखाइल मुधसुदन दत्त, बंकिम चन्द्र, रवीन्दू्रनाथ ठाकुर आदि अनेको साहित्यकारहरु अंग्रेजी साहित्यबाट प्रभावित भएको बताइएको छ । अंग्रेजीका प्रभावित गर्ने साहित्यकारहरुमा वर्डस वर्थ, किट्स, शेली, टेनिशन, डीएच लौरेन्स, येजरा पौण्ड आदि रहेका उल्लेख गरिएका छन । मलक्कामा चीनीको भाषा, पोशाक, वैवाहिक प्रथा, वास्तुकला, पाककलाको गहिरो प्रभाव देखिन्छ भने पुर्तगाली वासिन्दाहरु आफ्नो भाषा क्रिष्टोको प्रयोग गर्दछन । यस ठाउँको संस्कृतिमा पारम्परिक नृत्य एवं पर्वतिहारमा पुर्तगाली प्रभाव स्पष्ट देखिन्छ । सिंगापुरको निर्माण त बृटीशद्वारा ने भएको यसको निर्माणको श्रेय एउटा वृटीश इष्ट इण्डिया कम्पनीका आफिसर थोमस स्टेम्फोर्ड रैफल्सलाई नै जान्छ । सिंगापुरका वासी प्रमुख पूर्वीय छन । जसमा सर्व प्रमुख चीनी छन । यस देशमा त वृटीश सैनिकको उपस्थिति बीशौ सताब्दीको सतरी दशकसम्म थियो र यो देश पूर्व र पश्चिमको व्यापारको लागि अत्यन्त महत्वपूर्णद्वार रहे थियो । यसै कारणले वृटीशहरु यसलाई बढी महत्व प्रदान गरे । यस ठाउँमा हिन्दू मुलमान आदि छदैछन इशाई, बौद्ध आदि धर्मावलम्बी पनि प्रशस्त छन । अंग्रेजी भाषा प्रमुख सरकारी भाषा छ । सरकारी भाषामा पूर्वीय भाषा तामील, भण्डारीन एवं मलय पनि प्रयोग हुन्छन । मन्दिरको घरीघण्टा र मस्जिदको नवाजको अतिरिक्त कैथेडरल तथा चर्चमा रविवासरीय सेवा पनि देख्न सकिन्छ । अंग्रेजी रीतिरिवाज, परम्पराको गहिरो प्रभाव छ । दक्षिण पूर्व एशियाका सिंगापुर, बंबई, कलकत्ता, हंगकंग, सिडनी र संधाई आदि शहरहरु बीसौ शताब्दीमा वृटीश उपनिवेश कालमा निर्माण गरिएका छन । यी नगरहरुमा पश्चिमी सांस्कृतिक प्रभावको जरा गहिरो रहेको छ । यी ठाउँहरुमा अंग्रेजी भाषा प्रमुख रुपमा बोलिन्छ भने स्थानीय भाषाको स्थान पनि त्यति नै महत्वपूर्ण रहेको छ । भेषभूषामा पनि पूर्व र पश्चिमको सम्मिश्रण छन । खान–पानमा पनि पश्चात्य प्रभाव देखिन्छ ।

पौप संगीत त्यति नै प्रिय छन । फास्टपूmड, सैण्ड बीच र स्कोन्सहरु प्रायः प्रत्येक स्तरीय होटल र रेष्टुराँमा पाइन्छ । क्लव जानेहरु प्रशस्त पाइन्छन । क्लवमा पश्चात्य तृत्य, संगीत तथा ह्रीस्की आदि पेय त साधारण कुरा भै हाल्यो । टर्की र इशाई पुडिंगको स्वाद लिन सकिन्छ ।

Comment


Related News

Latest News

Trending News