२०७८ मंसिर १५, बुधबार ०७:४७
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाले बाटो फराकिलो पार्ने नाउंमा घर टहरा मात्र भत्काए पनि सडक निर्माणमा आलटाल गरेको भन्दै स्थानीय व्यापारीहरु विरोधमा उत्रेपछि कालोपत्रे कार्य सुरु गरिएको छ ।
स्थानीयवासी एवम् त्यहांका ब्यापारीहरु मेयर विरुद्ध प्रदर्शन गर्दै विरोधमा उत्रेका थिए । केही दिन अघि नागरिक समाज ईश्वरपुरले बाटो फराकिलो पार्ने नाउंमा सडकमा पर्ने घर टहरा भत्काएको थियो । घर टहरा भत्काएपछि सडक क्षेत्र झनै अस्तव्यस्त बनेको थियो । सडक निर्माणमा आलटाल गर्दै आएको नगरपालिका कार्यालयमाथि दवाव दिँदै स्थानीयवासी एवम् व्यापारीहरुले विरोध गरेका थिए ।
https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=45s


