अपडेट 
२०७८ मंसिर १५, बुधबार १६:२६

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार विश्वासको मत पाएका छन् ।

प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्तावमा २२ मत परेको र यो कर्णाली प्रदेशसभा सदस्य संख्याको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख राजबहादुर शाहीले घोषणा गरे । बुधबारको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदहरू भने सहभागी थिएनन् । मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र)का १२, नेकपा (एकीकृत समाजवादी)का तीन र राप्रपाका एक सांसदले मत दिएका छन् । मुख्यमन्त्रीमा उनी नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने प्रावधानानुसार उनले २९औँ दिनमा विश्वसको मत पाएका हुन् ।

Comment


Related News

Latest News

Trending News