खाद्यान्न परनिर्भरताबाट जोगिनका लागि चामल, तेल, दाल उद्योगको संरक्षण गर्न सर कारसँग माग गरिएको छ ।
चामल, तेल, दाल दैनिक जीवनमा नभई नहुने खाद्य वस्तु भएकाले उत्पादनको कच्चापदार्थ र तयारी वस्तुको भन्सार दर दुई तह हुनुपर्ने तथा यसको सहउत्पादन विदेश निकासी गर्दा निकासी कर छुट हुनुपर्ने माग नेपाल चामल तेल, दाल, उद्योग सङ्घको छ । सङ्घका केन्द्रीय अध्यक्ष डा सुबोधकुमार गुप्ताले नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुरुप सबै बैङ्कले कृषिमा लगानी गर्नु भनेकोमा चामल, तेल र दाल उद्योगमा १५ प्रतिशत ब्याजदरमा लगाएको ऋणसमे त कृषिमा लगानी गरेको भनी बैङ्कहरूले तथ्याङ्क तयार गरी भ्रम फैलाएको भन्दै चामल, तेल, दाल उद्योगलाई एग्रो बेस उद्योगमा राखी ऋण सुबिधा दिनु पर्ने वा ती उद्योगमा गरेको ऋण लगानीलाई कृषि उपजको लगानीबाट हटाउन माग गर्नुभयो । चामल आयातलाई निरुत्साहित गर्न सरकारले सहकार्य गरी दिएमा व्यवसायिले किसानसँग हाते मालो गरी काम गर्ने, चामल आयातमा लाग्दै आएको आठ प्रतिशत आयात शुल्कलाई १५ प्रतिशत गर्नुपर्ने अथवा उद्योगले धान आयात गर्दा लाग्दै आएको पाँच प्रतिशत आयात शुल्कलाई एक प्रतिशत गर्नुपर्ने र जसबाट देशको व्यापार घाटा कम हुने र बन्द भएका चामल उद्योग पुनःसञ्चालन हुने उहाँले बताउनुभयो । सङ्घका अनुसार तोरी तेलतर्फ तेलमा पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को दर तो की स्वदेशी तेल उद्योग बचाउन तथा तोरीको गेडा आयातमा लाग्दै आएको पाँच प्रतिशत भन्सार दर परिमार्जन गरी एक प्रतिशत कायम भएमा स्वदेशी तोरी तेललाई केही राहत मिल्नेतर्फ सरकारको ध्यान जानुपर्छ । तयारी र कच्चा दाल गेडागुडीको आयात भन्सारदर समान १० प्रतिशत रहेको भन्दै सरकारको प्रतिबद्धताअनुरुप दुई तह फरक हुनुपर्ने र कच्चा दाल आयातमा पाँच प्रतिशत भन्सार दर हुनुपर्ने सङ्घको माग छ । यसैगरी, दाल निकासीमा लाग्दै आएको निकासी कर प्रतिकेजी एक रुपैयाँ हटाउन तथा दाल विदे श निकासी गर्दा दिँदै आएको चार प्रतिशत निकासी सुविधा इन्टेन्सिभ दिन पर्ने माग राखेका छन् । सङ्घका अनुसार यसमा निर्यात सुविधा हटाएपछि प्रतिस्पर्धा गर्न नसकी बङ्गलादेश निकासी हुन छोडे को र नेपालमा मुसुरोको उत्पादन नै कमी हुन थालेको सङ्घको निष्कर्ष छ । नेपालमा विभिन्न माध्यमबाट आयात हुने खाद्यवस्तुको एमआरपी र गुणस्तर जाँच गरी आयातकर्ताको नाम, ठेगाना र नेपालको सम्पर्क नं, ब्याच नं, तौल, उत्पादन मिति र लेबल अनिवार्य उल्लेख हुनुपर्ने सङ्घको माग छ । यसैबीच, सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ता नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग विभागका महानिर्दे शक जीवलाल भुसाल, वाणिज्य आपूर्ति तथा उपभो क्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रे ष्ठसँग उनीहरूकै कार्यकक्षमा भेट गरी सङ्घको उक्त मागबारे जानकारी गराएको थियो । प्रतिनिधिमण्डलमा सङ्घका पूर्वाध्यक्ष कुमुदकुमार दुगड, उपाध्यक्ष नरेश राठी, महासचिव दीपक कुमार पौडेल र कार्यालय प्रमुख अजय पर ाजुलीको समेत सहभागिता रहेको थियो ।
बुधवारबाट नियमित कक्षा सञ्चालन
वीरगञ्ज महानगरपालिका–२१ सुखचैनामा रहे को नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी माविमा बुधवारदेखि नियमित कक्षा सञ्चालन हुने सहमति भएको छ । वीरगञ्ज महानगरपालिकाले शिक्षक व्यवस्थापन गरेपछि बुधवारदेखि नियमित पठनपाठन गराउने सहमति भएको हो । विद्यार्थीहरूले अध्ययनका लागि अङ्ग्रेजी र विज्ञान विषयको शिक्षक माग गर्दै एक सातादेखि आन्दोलन गर्दै आएको थिए । कक्षा सञ्चालनका लागि शिक्षकलाई मङ्गलबार नै हाजिर गराइएको छ ।
नक्कली ब्रान्डको ग्यास चुलो बिक्री गरेको आरो पमा पक्राउ
नक्कली ब्रान्डको ग्यास चुलो बिक्री गरेको आरो पमा वीरगञ्जको माईस्थानस्थित कमल सर्राफको र ामा भाडा पसलमा प्रहरीले छापामारी ३२ थान ग्यास चुलो नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टो लीले छापामारी सूर्या ब्रान्ड नामको ग्यास चुलो बर ामद गरेको छ भने प्रतिमा चौकमा रहेको उक्त पसल गोदाममा पनि छापा मारी ग्यास चुलो नियन्त्रणमा लिएको हो । सर्राफको रामा भाडा पसलले सूर्या ब्रान्डको नक्कली र कमसल ग्यास चुलो बनाएर बिक्री गर्दै आएको उजुरी परेपछि छापा मारेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । यद्यपि सो बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
बेटी पढाऊ, बेटी बचाऊ अभियान
प्रदेश नं २ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत वीरगञ्ज महानगरपालिका–२९ बसडिलवास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २० जना छात्राहरूलाई साइकल वितरण गरिएको छ । उक्त विद्यालयमा कक्षा ८ उत्तीर्ण गरेर ९ कक्षामा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिएको हो । अध्ययनका लागि हौसला दिनाका साथै विद्यालयबाहिर रहेका छात्राहरूलाई पनि विद्यालय आउनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने साइकल वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्रप्रसाद पटेलले जानकारी दिनुभयो ।रासस


