२०७८ मंसिर १६, बिहीबार ०७:४१

जनकपुरधाम । विश्वमा सूचना तथा प्रविधिको क्रान्ति पछि हुलाक सेवा प्रति घटदो जनविश्वासलाई जिवित राख्न वुधवार देखि आन्तरिक हवाई (EMS) सेवा ‘सेम डे डेलेभरी विथिन २४ आवर’ जिल्ला हुलाक कार्यालय धनुषाले सञ्चालनमा ल्याएको छ । विविध पृष्ठभूमिका सेवा ग्राहीलाई लक्षित गरि यो सेवा ल्याएको जिल्ला हुलाक कार्यालय धनुषाका प्रमुख राम उद्दगार अधिकारीले जानकारी दिएका छन् । दर्ता गरिएका हुलाक बस्तुहरु चिठ्ठी पत्र, पार्सल लगायतका सामग्रीहरु दर्ता भएको २४ घण्टामा डेलेभरी सहितको व्यवस्था गरिएको प्रमुख अधिकारीले बताए । हुलाक सेवा एउटा आधार भूत तथा अत्यावश्यक सेवा भएकोले ((EMS) सेवा प्रवाहले जनताको जनविश्वास जित्ने प्रमुख अधिकारीले विश्वास व्यक्त गरे । द्रुत गती, द्रुत सेवा, न्युनतम दस्तुर र कम समयमा सेवा प्रवाह हुने भएकोले यसको विश्वासनियता बढ्ने कार्यालयका खरिदार भबिष्यकुमार झाले जानकारी दिए । सञ्चार क्षेत्रको सव भन्दा पुरानो सेवा हुलाक सेवा मुलुक भरी १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवा सञ्चालनमा आएको हो । नेपाली जनतालाई शिघ्र र विश्वासनिय यो सेवामा पहुँच अभिवृधि गर्न (EMS) सेवाले टेवा पुर्याउने खरिदार झाले बताए ।

आन्तरिक हुलाकवाट पठाइने सवै प्रकारका हुलाक बस्तुहरु मुलुकका मुख्य मुख्य सहरहरु काठमाण्डू, विराटनगर, भद्रपुर, सिमरा, चितवन, भैरहवा, नेपालगञ्ज, धनगढी र सुर्खेत लगायतका ठाउँहरुमा पठाउन सकिनेछ । यो सेवाको दर्ता दस्तुर ५० रुपैया निर्धारण गरिएको छ । प्रति २० ग्राम पछिको तौलमा प्रति २० ग्राममा १० रुपैयाका दरले दस्तुर निर्धारण गरिएको खरिदार झाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News