२०७८ मंसिर १६, बिहीबार १९:३६
सिरहाको गोलबजार नगरपालिका ७ कदिमाटोलमा स्कूल पढ्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यू भएको छ ।
मृत्यू हुनेमा कदिमाटोलका श्यामसुन्दर यादवको ४ वर्षीय छोरा आरएन रहेका छन् । विद्यालय नजिकैको पोखरीमा डुवेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पोखरीमा तैरिरहेको अवस्थामा बालक आरएनको शव फेला परेको थियो । विद्यार्थीहरुले नै उनको शव पोखरीमा देखेपछि शिक्षकलाई खवर गरे । त्यसपछि शिक्षकले प्रहरीलाई खबर गरेको थियो ।
जानकारी पाएलगत्तै प्रहरी पुगेर बालकको उद्धार गरेपनि मृत्यु भईसकेको थियो- इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनको भनाई छ ।


