२०७८ मंसिर १७, शुक्रबार ०६:२२

जनकपुरधाम । नेपाली कांग्रेसको आसन्न प्रदेश अधिवेशनमा उपसभापति पदका लागि प्रफुल्लराज घिमिरेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीबार नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले प्रदेश २ को उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफू नेकां उपसभापति विमलेन्द्र निधिको अनुयायी रहेको भन्दै उनकै समूहबाट उम्मेदवारी दिने घोषणा गरेका थिए । आफू २०३५ सालदेखि नै नेपाल बिद्यार्थी संघबाट नेपाली कांग्रेसमा आबद्ध भइ राजनीति गर्दै आएको बताउंदै पछिल्लो ४३ वर्षको अवधिमा पटक–पटक विभिन्न आन्दोलनमा यातना भोगेको बताए । राराब क्याम्पस जनकपुरधामको स्ववियु उपसभापति, तत्कालीन जिल्ला विकास समितिको ईलाका नं १३को संयोजक , नेकां जनकपुरधाम नगर समितिको सदस्य सचिव तथा तरुण दलको धनुषा जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भइ काम गरिसकेको समेत घिमिरेले उल्लेख गरे ।

Comment


Related News

Latest News

Trending News