२०७८ मंसिर १८, शनिबार ०८:२३

सप्तरी । नेपाली कांग्रेसका जिल्लामा चार मध्ये तीन निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ ।

तिनै क्षेत्रमा संस्थापन पक्षका सभापतिका उम्मेदवार विजयी भएका छन् । महासमिति प्रतिनिधिमा समेत अधिकांश संस्थापन पक्ष कै उम्मेदवारले चुनाव जितेका हुन् । शुक्रवार घोषित परिणाम अनुसार सप्तरीको क्षेत्र १ वाट ललन प्रसाद गुप्ता, २ बाट महानन्द प्रसाद यादव र ३ बाट भुपेन्द्र यादव निर्वाचित भएका छन् । तिनै जना संस्थापन पक्षका हुन् । क्षेत्र नम्वर ४ भने विवादको कारण अझै अधिवेशन हुन नसकेको नेकां जिल्ला प्रवक्ता प्रभात कुमार ललनले जनाए । संस्थापन पक्षका मानिएका जिल्ला सभापति दिनेश कुमार यादवले सो क्षेत्रमा सम्पन्न भईसकेको केही ठाउंमा पुनः अधिवेशन गर्नुपर्ने भन्दै सांसद तेजुलाल चौधरीले अनावश्यक बखेडा झिकेको आरोप लगाए । उनले सम्पन्न भईसकेको वडा गाउं र नगर अधिवेशन कै आधारमा क्षेत्रीय अधिवेशन हुनुपर्ने अडान लिएका छन् । तर, संस्थापन ईतर पक्षका मानिएका सासंद चौधरीले केही ठाउंमा अधिवेशनको क्रममा धांधली भएको दाबी गर्दै सो ठाउंमा पुनः अधिवेशन हुनुपर्ने अडान लिएका छन् ।

Comment


Related News

Latest News

Trending News