जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ को नेतृत्व चयन केन्द्रीय महाधिवेशनपछि मात्र हुने भएको छ ।
प्रदेश अधिवेशनको उद्घाटन भएको तीन दिन बितिसक्दा पनि चुनावी प्रक्रिया अगाडि बढेको छैन् । अधिवेशन उद्घाटनको औपचारिकता पूरा गरिए पनि निर्वाचनको प्रक्रिया थालनी भएको छैन् ।प्रदेश सभापति लगायतका पदहरुमा औपचारिक रुपमा उम्मेदवारी समेत घोषणा भइसकेको छ । प्रदेशका २ का ८ वटै जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ । ती मध्ये सप्तरी, रौतहटबाट मतदाताहरुको नाम निर्वाचन समितिलाई प्राप्त भएको छैन् । सर्लाही जिल्लामा अधिवेशनको प्रक्रिया बाधित छ । जिल्लाको निर्वाचन समितिहरुबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली साँझसम्म उपलब्ध नभएकाले पूर्व घोषित निर्वाचन तालिका अनुसार शनिवार मतदाता नामावली प्रकाशन हुन सकेको छैन् ।‘मतदाताहरुको नामावली शनिवार प्रकाशन हुन सकेन्’ निर्वाचन समितिका सदस्य अरुणकुमार यादवले भने, मतदाता नामावली नै प्रकाशन हुन नसकेको कारण आईतवार हुने मनोनयन पत्र दाखिला पनि स्थगित भएको छ । रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन नसकेको यादवले जनाए । उच्च स्रोतहरुका अनुसार प्रदेशको नेतृ्त्व चयनको प्रक्रिया अब महाधिवेशनपछि मात्र हुने छ ।जनकपुरधाममा सीताराम विवाह महोत्सव प्रारम्भ भइसकेको र मूल समारोह मंसिर २२ गते रहेकाले अब मतदान गराउन कठिन रहेको स्रोतले जनाए ।मतदानको प्रक्रिया महाधिवेशन पछि नै धकेलिएको स्रोतको दाबी छ । प्रदेश सभापतिका लागि प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रहेका रामसरोज यादव स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।रौतहटका कृष्णा यादवले भने प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको प्यानलबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
उच्च स्रोतहरुका अनुसार महाधिवेशन अगावै प्रदेशको चुनाव भए मन्त्री यादवलाई उपसभापति विमलेन्द्र निधि र रामचन्द्र पौडेलको समूहले समर्थन गर्नेछ । निधिलाई यादवको पक्षमा लाग्न विवशता छ । उनलाई पौडेल समूहले समेत आन्तरिक समर्थन जनाएकाले सभापतिमा बलियो उम्मेदवार देखिएका हुन् ।रौतहटबाट कांग्रेसको नेतृत् व गर्ने कृष्णा यादवलाई देउवा पक्षको समर्थन रहेकाले उनी पनि कमजोर उम्मेदवार होइन् । धनुषामा सतही रुपमा कांग्रेसको बराबरको विभाजन देखिए पनि मतदानमा मन्त्री यादव धेरै भारी हुने छन् । उनलाई संस्थापन पक्षको मत समेत आउने संभावना रहेको स्रोतहरुले जनाएका छन् । निधिसित असन्तुष्ट रहेका मन्त्री यादवलाई पौडेल समूहका रामकृष्ण यादव लगायतका नेताहरु सहयोग गर्ने प्रतिबद्धता आन्तरिक रुपमा जनाएका छन् ।उनीहरुले महाधिवेशनमा मन्त्री यादव समूहको मत तान्ने प्रयासमा छन् । प्रदेश २ को जिल्ला अधिवेशन पनि महाधिवेशनपछि नै हुनेछ ।उपसभापति निधिले पनि जिल्ला र प्रदेशको अधिवेशन महाधिवेशनपछि नै होस भने चाहेका छन् ।उनी केन्द्रीय सभापतिमा उम्मेदवारीको घोषणा गरेकाले जिल्ला र प्रदेशको विवादमा अल्झेर प्रदेश २ को मत विभाजन रोक्ने जुक्ति लगाउन थालेका छन् । प्रदेश २ को सबै जिल्लाका प्रतिनिधिहरु छनौट भइसकेपछि प्रदेशका लागि कूल मतदाता १ हजार ८ सय ८८ रहने छन् ।हाल सम्म सशक्त रुपमा रामसरोज यादव र कृष्णा यादव प्रदेश सभापतिमा भीड्ने तयारी गरेको देखिएको छ ।मन्त्री यादवले गुटबन्दीमा नदेखिन स्वतन्त्र रुपमा नै उम्मेदवारी घोषणा गरेका हुन् । कृष्णा यादवको उम्मेदवारी घोषणामा धनुषाबाट संस्थापन पक्षका आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव लगायतका नेताहरुको उपस्थिति थियो ।
जिल्ला सभापति समेत रहेका कृष्णा यादवले आफ्नै जिल्लामा विवादलाई मिलाउन नसकेर कमजोर देखिएका छन् ।रौतहट जिल्लामा अझै अधिवेशन भइसकेको परिणाम प्रदेश निर्वाचन समितिमा प्राप्त हुन सकेको छैन् । सर्लाही जिल्लाको संघीय क्षेत्रीय अधिवेशन नभए महाधिवेशनमा समेत सहभागिता नहुने अवस्था आउन सक्छ ।संघीय साँसद अमरेश कुमार सिंह र प्रदेश मन्त्री वीरेन्द्र सिंहबीचको विवादले निर्वाचन क्षेत्र नम्बर ४ लगायत जिल्लाको वडा अधिवेशनहरु नै हुन सकेको छैन् ।
https://www.youtube.com/watch?v=J07BBJrH2xM


