शसस्त्र प्रहरीले तयारी अवस्थामा रहेको एक सय किलो गांजा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
शसस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका डिआईजी गणेश वहादुर ठाडामगरले पाएको विशेष सुराकीको आधारमा खटेको टोलीले गाँजा सहित महोत्तरीबाट मानिसलाई नियन्त्रणमा लिएको हो । जिल्लाको एकडारा गाउंपालिका– गेना बथनाहाको धानखेतको बाटोबाट तीन जनालाई गांजा सहित पक्राउ गरिएको हो । एकडारा गाउंपालिका–६० वर्षीय राम खेलावन मण्डल र जलेश्वर नगरपालिका–७ का ५० वर्षीय सुरेश यादवलाई गांजा सहित शुक्रबार अबेर राती पक्राउ गरिएको जानकारी शसस्त्र प्रहरी बलका एसपी सुरेश सापकोटाले जानकारी दिए । थप एक जनालाई सोही चौरीबाट पक्राउ गरिए पनि गांजा तस्करीमा उनको संलग्नता रहेको नरहेकोबारे पुष्टि हुन नसकेको उनले बताए । पक्राउ परेका गांजा सहित तीनैजनालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल जनपथ प्रहरीलाई जिम्मा लगाइएको छ । पक्राउ परेकाहरु भरिया हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनले डिआईजीको लागु औषध नियन्त्रणको लागि कडा निर्देशन रहेकोमा सोही अनुरुप यो भन्दा पहिला समेत करिव ८ बिघा जग्गामा लगाइएको गांजाको बोट फडानी गरिएको तथा सोही दिन ४३.५ किलो तयारी गांजा समेत प्रहरीले जलेश्वर नगरपालिका–७ एकजनाको घरबाट नियन्त्रणमा लिएको थियो ।
शक्रबार सांझ नै शसस्त्र प्रहरीले स्रोत नखुलेको ९ लाख भारतीय रुपैयां समेत नियन्त्रणमा लिएको छ । मटिहानीमा रहेको गांधी गल्लीबाट उक्त रकम सहित बि आर ०६ सिजे ७९५९ नं. को भारतीय स्कुटर समेत नियन्त्रणमा लिइएको शसस्त्र प्रहरीका एसपी सापकोटाले बताए । रकम सहित मटिहानीकै सिमापारीको गाउं मधवापूर १ का १७ वर्षीय अभिनव पुर्वे समेत पक्राउ परेका हुन् ।


