२०७८ मंसिर १९, आईतवार ०८:३४

शहीदनगर नगरपालिका बालाबाखरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय ५० जना विरामी लाभान्वित भएका छन् ।

नैना अस्पताल प्रा.लि र दिव्य क्लिनिक एण्ड डाईग्नोष्टिक. प्रा . लि को संयुक्त आयोजना र ज्ञान बरदान आवासीय विद्यालयको सहयोगमा शनिबार आयोजित शिविरबाट विरामीहरु लाभान्वित भएका हुन् । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.इन्द्रजीत कुमार रजतले ग्रामीण क्षेत्रका नागरिकहरुको स्वास्थ्यमा सहज पहुंच नरहेकोले थोरैलाई भए पनि सेवा दिन सकियोस् भन्ने अभिप्रायले शिविरको आयोजना गरिएको बताए । शिविरमा डा. पंकज कुमार साह, आर के गोईत , डा.अभय मण्डल, उमेश राउत लगायतका चिकित्सकहरुले उपचार गरेका थिए । शिविरमा बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन लगायतको सेवा प्रदान गरिएको थियो । शिविरमा डा. इन्द्रजित कुमार रजत, डा पंकज कुमार साह सहितको टोलीको सहभागिता रहेको थियो । त्यस्तै शिविर समापन कार्यक्रममा बरदान विद्यालयका प्रधानाध्यापक गणेश कुमार यादव , ल्याब टेक्नेशियन सरोज यादव , नेकपा माओवादी केन्द्र प्रदेश २ का सचिव श्रवण बरबरिया , वडा अध्यक्ष तेजु लाल यादव सहितको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News