महोत्तरी जिल्लाको मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मण्डलले शनिवार एक कार्यक्रम वीच सिमरदही र प्रकौली जोड़ने सडकको सिमरदही मुस्लिम टोलमा कलभर्ट (पूल) को शिलान्यास गरेका छन् ।
मटिहानी नगरपालिकाको सिमरदही–जलेश्वर–प्रकौली जाने सडकमा रहेको कृषि पैनिमा पूल न हुँदा त्यहाँकाका स्थानीयबासीहरुलाई आवतजावतमा कठिनाई उत्पन्न हुने गरेको थियो । सो सडक हुलाकी सडकमा सडक अन्तर्गत रहेको छ । पुल मटिहानी नगरपालिकाको करिब २८ लाख ५४ हजार रुपैयाँ लागत सहयोगमा निर्माण हुनेछ । कलभर्ट फागुन मसान्तसम्म निर्माण गरिसक्ने कुरा मटिहानी नगरपालिकाका प्राविधिक विमलेश साहले बताए । सिल्यानास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख मण्डलले लामो समय देखि पूल विना समस्या भोगी रहेका जनतालाई पूल निर्माण सँगै सहज हुने वताए । कार्यक्रममा मटिहानी नगरपालिका ९ का वडा अध्यक्ष आविद हुसैन, योजना अधिकृत राजेश शर्मा, नेपाली कांग्रेसका मदन चौधरी लक्ष्मी नारायण मा. वि. का व्यवस्थापन समितिका अध्यक्ष मुसाफिर सहनी, वड़ा सदस्य राम पुकार मण्डल कार्यपालिका सदस्य सकलदेव पासमान लगायतका सहभागी रहेका थिए ।


