पर्सा । प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन सहित दुइ युवकलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवाका राजु डिजल ग्यारेजबाट पर्सा प्रहरीले खैरो हिरोइन बरामद गरेको हो । लागु औषध हिरोइन मोटरसाइकलको टंकी भित्र लुकाइ राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ३.५ ग्राम खैरो हिरोइन सहित वीरगञ्ज महानगरपालिका–.१० घडिअर्वाका २६ वर्षीय रामबाबु ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध ओसार पोसारमा संलग्न रहेको भन्दै वीरगञ्ज मनपा–१२ मुरलीका २१ वर्षीय युवक सहजाद मन्सुरीलाई समेत नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । लागु औषध खैरो हिरोइन ओसार पोसारबारे आएको सूचनाको आधारमा प्रहरीले चेकजांचलाई तीव्र पारेको थियो । चेकजांचको क्रममा मर्मतको लागि ग्यारेजमा राखिएको ना.५६ प ५४१७ नम्बरको सेतो पल्सर मोटरसाईकलको टंकीबाट लागु औषध बरामद गरेको हो । टंकीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेट खैरो हिरोइन बरामद गरिएको हो ।पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन अनुसार प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।


