२०७८ मंसिर २१, मंगलवार ०७:५०

जनकपुरधाम । विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्येको एक रहेको मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ ।

२०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको सुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरुलाई लघुबीमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराइ नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउंदै आइरहेको छ । नेपालमा वसोवास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्म विश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने मेटलाइफको प्रतिवद्धता रहेको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले नेपालमा मेटलाइफको २०औं सफल वार्षिकोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकहरु प्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले कम्पनीलाई ग्राहकहरु प्रति गुणस्तरीय सेवा तथा उत्कृष्ट अनुभव प्रदान गर्न प्रोत्साहन तथा सक्षम बनाउन सहयोग गर्ने बीमा क्षेत्रका नियामक संस्थाहरु, खटिएका कर्मचारी तथा एजेन्टहरु, तथा अन्य व्यापार साझेदारहरुलाई पनि धन्यवाद व्यक्त गरेका छन् । मेटलाइफले देशको जीवन बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्दै आफ्ना ग्राहकहरु माभm अझ उत्कृष्ट सुरक्षा योजनाहरुका साथै प्रविधिमय अनुभवहरुको निरन्तर विकासमा अग्रसर रहिरहने महाप्रबन्धक श्रेष्ठले बताए । विगत २० वर्षमा मेटलाइफ नेपालले २ सय ५० करोड भन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरहरु मार्फत ४० हजार भन्दा बढी पेशाको सिर्जना, २ हजार करोडको जीवन बीमा कोष तथा २ सय ७४ करोडको जगेडा कोषको स्थापना गरी वित्तीय स्थायित्व कायम गरिसकेको छ । हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरुलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको जनाएको छ ।

मेटलाइफले सधैं व्यापारमा मात्र नभइ आफ्ना ग्राहक, समुदाय र समाज कल्याणमा सकारात्मक प्रभाव पार्नसक्ने प्रयासहरु गर्दै आएको छ भने नेपालको बीमा क्षेत्रमा थुप्रै नवीनतम् कार्यहरु मार्फत आफ्नो नेतृत्वको स्थान पनि स्थापित गरेको मेटलाइफ नेपालका पदाधिकारीहरुको दाबी छ । ग्राहकहरुका लागि अनलाइन प्रीमियम भुक्तानी सुविधा प्रदान गर्ने पहिलो बीमा कम्पनी मेटलाइफ नै रहेको कम्पनीको दाबी छ । मेटलाइफले आफ्ना ग्राहक र साझेदार हरुलाई समग्ररुपमा सहज प्रविधि मैत्री अनुभव प्रदान गर्नका लागि डिजिटल सेल्स प्लेटफर्म , ग्राहक सेवाका लागि मोबाइल एप र दाबी जानकारीका लागि अनलाइल दाबी सूचना जस्ता पहलहरुको पनि विकास गरेको छ । मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News