सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ।
मंगलबार जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित विहेको वेदी बनाउन जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए । मटकोर विधिको क्रममा लगिएको माटोबाट सीताराम विवाहका लागि मडवा निर्माण गरिने परम्परा छ । पोखरीबाट जानकी मन्दिर भित्रियाइएको माटोले सीताराम विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ। सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र आज पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ ।
महोत्सवको छैठौँ दिन बुधवार स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन बिहिबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।
https://www.youtube.com/watch?v=IWmRFowbOvw