अपडेट 
२०७८ मंसिर २२, बुधबार ०७:२९

कलैया । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई दृष्टिगत गर्दै नयां–नयां जीवन बीमा योजनाहरु ल्याउने क्रममा सोमबार नेपाल लाइफ समुन्नत जीवन नामक जीवन बीमा योजना ल्याएको हो । जीवन बीमा योजना मुनाफामा सरिक हुने सर्वाधिक जीवन बीमा रहेको कम्पनीको दाबी छ । विकासोन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवनयापनमा जोखिम रहेको छ भने विकासको गति बढे संगै ठूला–ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माण लगायतका निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताउंदै कम्पनीले विकास निर्माणका काममा जोखिम बढि रहेकोले यो बीमाको महत्व झनै बढ्ने विश्वास व्यक्त गरेको छ । साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो नेपाल लाइफ समुन्नत जीवन बीमा योजना ल्याइएको कम्पनीले जनाएको छ । यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमा लेखबाट अधिकत्म जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनील यो योजना ल्याएको बताएको छ । यस बीमा योजनाको मूख्य आकर्षण भनेको बीमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्नु रहेको छ ।

यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्ने प्रावधान रहेको छ । ५ वर्षदेखि अधिकत्म ३० वर्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्ष सम्म घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिने व्यवस्था पनि गरेको छ । अतिरिक्त बीमा शुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम् ५० लाख सम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिने समेत कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News