२०७८ मंसिर २२, बुधबार ०७:५४

गरुडा । नेपाल प्रहरीका पूर्वडिआइजी एवं नेपाल सुशासन अभियानका केन्द्रीय संयोजक रमेश खरेलले देश अहिले भ्रष्टाचारीहरुको जालोमा फसेको बताएका छन् ।

देशको नेतृत्व गर्ने दल एवं दलका नेताहरु नै देश बनाउने र विकास गर्ने नाममा मुलुकमा व्यापक भ्रष्टाचार गर्न उत्रेको उनले बताए । रौतहटको गरुडामा मंगलवार नेपाल सुशासन अभियानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वडिआइजी खरेलले अहिलेका नेता एवं जनप्रतिनिधिहरु देश बनाउने नाममा देशलाई लुटनेतर्फ लागेको बताए । देशको कार्यकारी प्रमुख देखि लिएर न्यायपालिका प्रमुख, राजनीतिक दलका नेता एवं निर्वाचित जनप्रतिनिधि कसैलाई पनि देशप्रति माया नरहेको बताउँदै खरेलले उनीहरु जसरी भएपनि भ्रष्टाचार गरेर कसरी सात पुस्तालाई पुग्नेगरी अकुत सम्पति आर्जन गर्नेतर्फ मात्र लागेको आरोप लगाए । देश गलत मान्छेको हातमा गएको कारण अहिले राम्रा मान्छेलाई कुनै पनि ठाउँमा अवसर पाउन मुस्किल भएको र नेताको चाकरी गर्नेहरुलाई चाडैं अवसर पाइरहेको उनले बताए । उनले देश अहिले भ्रष्टाचारीहरुको जालोमा फस्नुको मुख्य दोषी हामी तपाई नै हो, चुनावमा सर्वप्रथम हामीले नै भोट दिएर गलत मान्छेलाई जिताएर देशको नेतृत्व गर्ने जिम्मा दिन्छौ । अघि उनले थपे हामीले नै गलत एवं भ्रष्ट मान्छेलाई सत्तामा पुर्याएर भ्रष्टाचार गर्ने लाइसेन्स दिने गरेका छौ, यसमा पहिलो गल्ती हामी तपाईको नै हो त्यसैले अबदेखि त्यस्तो भूल नगर्न उनले सबैलाई आग्रह गरे । देशलाई सुखी, समृद्ध र विकसित बनाउन आउँदो निर्वाचनमा राम्रा व्यक्तिलाई मात्र साथ दिन उनले सबैलाई आग्रह गरे । साथै उनले आगामी निर्वाचनमा भ्रष्टाचारी, गुण्डा एवं अपराधीलाई राम्ररी सवक सिकाउनुपर्ने धारणा राखे । देशबाट जबसम्म बेइमान, अपराधी, भ्रष्टाचारी एवं गुण्डाहरुको राज अन्त्य हुँदैन तवसम्म कुनैपनि हालतमा देश समृद्ध र विकसित हुन नसक्ने खरेलले दावी गरे ।

भ्रष्टाचारमा लिप्त, कुशासनमा लागेका, गुण्डागर्दी गर्ने, अपराध गर्ने र समाजमा अराजकता मच्चाउने व्यक्तिलाई विस्थापित नगरेसम्म देशमा विकास हुन नसक्ने उनले दावी गरे । चुनावमा राम्रा मान्छे नजितेसम्म देशबाट कहिल्यै भ्रष्टाचार अन्त्य हुन नसक्ने र देशमा कहिल्यै पनि सुशासन कायम हुन नसक्ने उनले बताए । देशको हरेक निकाय एवं कार्यालयमा भ्रष्टाचार बढ्ेको भन्दै उनले भ्रष्टाचार अन्त्य गर्नका लागि सबैलाई एकजुट भएर लाग्न आग्रह गरे । देशमा दिनप्रतिदिन बढ्दै गएको भ्रष्टाचार अन्त्य गरी देशलाई सुखी, सम्पन्न, समृद्ध एवं विकसित बनाउन तथा आम नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन भ्रष्टाचारीहरुलाई तह लगाउन सबैलाई एकढिका भएर लाग्न उनले आग्रह गरे । मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म भ्रष्टाचार विरुद्धको आफनो यो अभियान देशभरी जारी नै रहने उनले बताए । भ्रष्टाचार मुक्त राष्ट्र निर्माण, राष्ट्रियताको संरक्षण र प्रवद्र्धन, लोकतन्त्रको जगेर्नाका लागि निर्वाचन लगायतका आधारभूत प्रणालीमा सुधार, राजनैतिक शुद्धीकरण कानूनी शासनको प्रत्याभूति र सक्षम नियमन व्यवस्थापन, निःशुल्क र गुणस्तरीय स्वास्थ्य र शिक्षातर्फ राष्ट्रको अग्रसरता सिर्जनशीलताको कदर रोजगारी सिर्जना र युवा वर्गमा उत्साह र उत्प्रेरणा अभिवृद्धि, सुसंस्कृत समृद्ध र समतामूलक समाजको निर्माण गर्ने योजनाका साथ आपूmले देशभरी नै नेपाल सुशासन अभियान चलाएको समेत उनले बताए ।

Comment


Related News

Latest News

Trending News