अपडेट 
२०७८ मंसिर २३, बिहीबार ०८:११

सप्तरी । सीताराम विवाहोत्सवको अवसरमा सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा सञ्चालित सुरुङ्गा कप भलिबल प्रतियोगितामा आयोजक टीम श्रीपुर भलिबल टीमलाई पराजित गरी सुरुङ्गा नगरपालिका –४ बीरनगर फाइनल चरणको खेलमा प्रवेश गरेको छ ।

श्रीपुर भलिबल टीम श्रीपुर– ६ को आयोजना तथा सुरुङ्गा नगरपालिका–६ श्रीपुर वडा कार्यालयको प्रायोजनमा सुरु भएको सो भलिबल प्रतियोगितामा बीरनगर भलिबल टीमले २४– २१–२५ र आयोजक टीम श्रीपुरले २४–२१–१८ ले पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको हो । फाइनल चरणको खेल विहीबार लहान पडरिया युवा भलिबल टीम सिरहा तथा सप्तरीको सुरुङ्गा नगरपालिका– ४ बीरनगर बीच कडा प्रतिस्पर्धा हुने आयोजक टीमका बिजुन चौधरीले बताए । प्रतियोगितामा पहिलो हुनेलाई ५१ हजार नगद तथा मेडल पुरस्कार दिइने आयोजक समिति सदस्य बिशेश्वर प्रसाद चौधरीले जानकारी दिए । खेल प्रतियोगितामा सिरहा, सप्तरी तथा उदयपुरका १७ वटा भलिबल टिमले सहभागिता जनाएको उनले बताए । आज हुने फाइनल चरणका खेलमा विजेता तथा उप विजेता टीमलाई सुरुङ्गा नगरपालिका–६ श्रीपुरका वडा अध्यक्ष लीलाकान्त चौधरी, डा.शंकरलाल चौधरी तथा आयोजक भलिबल टीमका अध्यक्ष बच्चु चौधरीले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्ने कार्यक्रम निर्धारण भएको स्थानीय लाल चौधरीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News