२०७८ मंसिर २४, शुक्रबार १३:३०
विशेष सूचनाको आधारमा पर्सा प्रहरीले ५० लाख मूल्य बराबरको भन्सार छलीका समानहरु बोकेको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ९ का २५ वर्षीय सागर राय छन् । भारतबाट भत्सार छली ल्याएर पोखरातर्फ जाँदै गरेको ना ३ ख २२९ नम्बरको मालबाहक ट्रकसहित चालक राईलाई प्रहरीले पक्राउ गरेका हुन् ।
प्रहरीका अनुसार चेकजाँचको क्रममा बिलबिजकभन्दा बढी भन्सार छलिका लत्ता कपडा तथा खुद्रा मालबस्तुहरु लोड गरिएको खुलेको छ । पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बरामद सामाग्रीलाई ५० लाख मूल्याकन गरी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको बताए ।


