अपडेट 
२०७८ मंसिर २४, शुक्रबार १६:४१

नेपालमा शुक्रबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ४ सय ७२ पिसिआर परिक्षणका क्रममा २ सय ३२ जना र ४ हजार १५ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ५ सय १४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ५ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै ३ सय ३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ हजार २ सय ३७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ९ सय ९७ जना सक्रिय संक्रमित आइशोलेशनमा रहदा ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News