२०७८ मंसिर २५, शनिबार ०७:३१

नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डप प्राङ् गणमा भव्य समारोहका बीच सुरु भएको छ ।

महाधिवेशनमा सर्वसम्मति जुट्न नसकेपछि निर्धारित मनोनयनको कार्यक्रम अनुसार शनिवार उम्मेदवारहरुले मनोनयन दर्ता गराउने भएका छन् । शनिवार विहान १० बजे देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गराउने समय निर्धारण गरिएको छ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । शुक्रवार समारोहको मुख्य मञ्चमा कांग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आउनुभएका अतिथिहरू उपस्थित थिए । कोभिड–१९ महामारीका कारण काठमाण्डू बाहिरबाट सहभागी नबोलाइएको भए पनि पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आएका सहभागीले भृकुटीमण्डप भरिभराउ छ । उद्घाटन अघि पार्टीका संस्थापक र अग्रज नेताका तस्बिरमा माल्यार्पणका साथै मुलुकमा लोकतन्त्र स्थापनाका लागि बलिदान दिने ज्ञातअज्ञातसहिदको सम्मानमा मौनधारण गरिएको थियो ।

मञ्चको पृष्ठभूमिमा नेपालको नयाँ नक्साभित्र पार्टीका संस्थापक एवं नेताहरू बिपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्विर अंकित प्रचार लोगो राखिएको छ । महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ । कलाकारले महाधिवेशनमा विभिन्न जातजाति वेषभूषा झल्कने नृत्यसहितका झाँकी प्रदर्शन संगै धिमे नाँच, मगर, गुरुङ, लिम्बू, थारु, भोजपरी, मैथिली खस आर्यका नाच प्रदर्शन गरिएको थियो । यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि छन् । महाधिवेशनमा भूपू सैनिक सङ्घका स्वयंसेवकले सहभागीको भीड व्यवस्थापन गरेका छन् । नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको छ । महाधिवेशनस्थलमा उम्मेदवारले आफ् नो प्रचारका लागि भिजिटिङ कार्ड, पम्पलेट वितरण गर्नुका साथै मतदातालाई आफ् नो पक्षमा आकर्षण गर्न विभिन्न कार्यक्रम गरिहेको देखिएको छ । नेता कार्यकर्तामा हार्दिकता साटासाटा गरेको देखिन्छ । प्रवेशद्वार नजिकै स्वास्थ्य समिति र मिडिया सेन्टर स्थापना गरी आवश्यक सेवा प्रदान गरिएको छ । प्रदर्शनी क्षेत्रमा नेता तथा कार्यकर्ता र शुभचिन्तकको भिडले खचाखच भरिएको छ ।

महाधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस एक भएर अघि बढेको हेर्न चाहेको प्रतिक्रिया दिए ।

Comment


Related News

Latest News

Trending News