२०७८ मंसिर २५, शनिबार ०७:५४

जनकपुरधाम । नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश अधिवेशन शनिबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ ।

नेकपा माओवादी केन्द्र प्रदेश २ कमिटीले शुक्रबार सम्मेलन गरी प्रदेश अधिवेशनको लागि आवश्यकता तयारी पूरा भईसकेकोले शनिबार दिउंसो १२ बजे अधिवेशन उद्घाटनको कार्यक्रम रहेको जनाएको छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रदेश २ अध्यक्ष प्रकाश बुढाथोकीले शनिबार प्रदेश अधिवेशनको उद्घाटन र पुस ३ गतेदेखि बन्द सत्र सुरु हुने जानकारी दिए । पार्टी अध्यक्ष पुष्पकमल दाहालले शनिबार जूममार्फत प्रदेशको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । प्रदेश २का १ सय ३६ वटा स्थानीय तह पालिकामध्ये ३० वटा पालिकामा अझै पालिका अधिवेशन सम्पन्न हुननसकेकोले बन्द सत्रको समय लम्बिईएको उनले जानकारी दिए । प्राय ः पालिकामा सर्वसम्मत रुपमै अधिवेशन सम्पन्न भएको बताउदै उनले भने,‘ बाँकी रहेको पालिकाहरुमा पनि हामीले सर्वसम्मतिमै जोड दिईरहेका छौ,सर्वसम्मति नभएको पालिकामा चुनावी प्रक्रिया मार्फत पनि नयां नेतृत्व चयन गरी अधिवेशन सम्पन्न गरी प्रदेश अधिवेशनमा सहभागी हुन निर्देशन गरिसकेको छुं ।’ अधिवेशनबाट प्रदेशकालागि अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत ९ जना पदाधिकारीहरु चयन हुने उनले बताए । प्रदेश कार्य समिति अन्य प्रदेश भन्दा प्रदेश २को लामो हुने र यसको कार्यसमितिमा २सय ७१ जना रहने बताइएको छ ।

प्रदेश २ मा माओवादी केन्द्रको १लाख ३० हजार सक्रिय सदस्य रहेको जानकारी दिइएको छ ।

Comment


Related News

Latest News

Trending News