२०७८ मंसिर २६, आईतवार १४:१२

नेपाली काँग्रेसको पदाधिकारीसहित केन्द्रीय समितिमा उम्मेदवारी दर्ता गराएकामध्ये ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन समितिले आइतबार मध्यान्ह साढे १२ बजेसम्म दिएको समयावधिमा ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनुभएकाे हाे।

उहाँका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएकाे छ ।  त्यस्तै, सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिनुभएकाे छ ।

अरु ५८ जना केन्द्रीय सदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएकाे रावलकाे भनाइ छ ।

Comment


Related News