२०७८ मंसिर २७, सोमबार ०७:४०

भारतीय सीमामा नेपालबाट प्रवेश गर्न लागेको एक सय पचास किलो भन्दा बढी लागु औषध गाँजा सर्लाही प्रहरीले बरामद गरेको छ ।

शनिबार अबेर राती सर्लाही सदरमुकाम मलंगवाबाट चोरबाटो हुँदै भारतीय सीमामा प्रवेश गर्नै लाग्दा प्रहरीले १ सय ६८ केजी गाँजा बरामद गरेको हो । गाँजा बोक्ने फरार भएको प्रहरीले जनाएको छ । मलंगवा नगरपालिका–८ शान्तिटोलमा गस्तीमा खटिएका सशस्त्र प्रहरी गण–१० को टोलीले ६ वटा प्याकेटमा रहेको गाँजा बरामद गरेको हो । सदरमुकाम मलंगवा तर्फबाट तस्करहरुको समूहले बोरामा पोका बनाएर भारतीय बजार सोनवर्षा तर्फ जान लाग्दा सीमामा नियन्त्रणमा लिइएको बोर्डर आउट पोष्ट मलंगवाका प्रमुख प्रहरी निरीक्षक उमेश कार्कीले जानकारी दिए । कार्कीका अनुसार तस्कर हरुले प्रहरीलाई देख्नासाथ गाँजाको पोका फालेर भागेका थिए । उनले बोरा जांच गर्दा गाँजा भेटिएपछि नेपाल प्रहरीको जिम्मा लगाइएको जानकारी दिए । केही दिन यतादेखि महोत्तरी ,सिरहा,सर्लाही लगायतका प्रदेश २ को विभिन्न जिल्लामा नेपालबाट भारत तर्फ गाँजाको तस्करी फष्टाएर गएको छ । नेपाल प्रहरीकै मिलोमतोमा गाँजाको तस्करी हुने गरेको गुनासो समेत पटक–पटक सुनिएको छ ।

Comment


Related News

Latest News

Trending News