अपडेट 
२०७८ मंसिर २७, सोमबार ११:४४

माघ १ गतेबाट वीरगञ्ज सुख्खा बन्दरगाह र आइसिपी दुबै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणालीमा सुरु हुने भएको छ ।वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेक रहित कारोबार माघ १ गते र आइसिपी कार्यालयमा पुष १ गतेदेखि लागू गरिने बताएका छन् ।

शनिबार वीरगञ्जमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा भन्सार विभागले बन्दरगाह र आइसिपीको काम कागज र नगद रहित बनाउनको लागि सबै पूर्वाधारहरुको प्रक्रिया पुरा गरिएको बताएका हुन् । नेपाल विश्वमा नै सबैभन्दा बढी कागजको प्रयोग गर्ने मुलुकमा पर्ने गरेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । अब कागजी काम हरेक क्षेत्रमा कम गर्ने विभिन्न नयाँ प्रविधिहरुको प्रयोग बढाउँदै जानु पर्नेमा उनले जोड दिएका छन् ।

उनले भने, ‘अहिलेसम्म सबै काम अनलाइन हुन सकेको छैन् । केही अनलाइन प्रणाली सुरु भए पनि सबै कागज र नगद रहित काम हुन बाँकी छ । प्रतिशतको हिसावका यति प्रतिशत कागज रहित भयो भन्ने स्थिति रहेको छैन्। प्रणाली लागू गर्नको लागि सम्पूर्ण पूर्वाधारहरु तयारी पुरा भएको छ । त्यस्तै, आइसिपी स्थापना भएसँगै व्यवसायीहरुलाई सजिलो भएको छ । विदेशबाट आयात गरिएको सामान छोटो समयमा नै बजारमा पुग्ने, खर्च अर्थात लागत कम हुदै गएको छ । अझ पूर्ण रुपमा अनलाइन प्रणाली लागूभए पछि व्यवसायी र सरकार दुबैलाई राम्रो हुन्छ ।’

पौडेलले सुख्खा बन्दरगाहमा पूर्वाधारको कमि तथा दक्ष प्राविधिक जनशक्ति अभावका कारण काम गर्न समस्या भइरहेको बताए । भन्सारमा विदेशबाट आएका समान तथा ट्रक/कन्टेनर स्क्यानका लागि ल्याइएको मेसिन प्राविधिक नहुँदा विगत १० बर्षदेखि त्यतिकै थन्किएर बसेको उनी बताउँछन् ।

चीन सरकारले अनुदानमा दिएको स्क्यान मेसिन भन्सारका कर्मचारीले चलाउन नजान्दा मेसिन प्रयोग विहिन भएर बसेको छ । भारतबाट आएका समान तथा ट्रक स्क्यान गर्ने समस्या रहेको भन्दै पौडेलले मेसिन चलाउने प्राविधिकको अभावको कारण भौतिक रुपमै कन्टेनरहरुको समान अनुमानित गर्नु पर्ने, भन्सारमा कन्टेनरहरु थुप्रिएर बस्ने,जाम हुने गरेको बताए ।

बिग्रिएको मेसिन बनाउने प्राविधिक भारत तथा चीनबाट नै ल्याउनु पर्ने भएकाले छिटो छरितो ढंगले काम हुन नसकेको समेत गुनासो गरे । त्यस्तै नेपाल इन्टरमोडल यातायात समितिका विरगञ्ज प्रमुख कमल ज्ञवालीले आइसिपीमा सञ्चालन र व्यवस्थापन गर्ने गरिरहेको बताए ।

उनले भने, ‘आइसिपीले समय र लागतलाई कम गरी समयलाई सहजिकरण गर्ने गरेको छ । सहजिकरणको लागि आइसिपीमा १० वटा लेन रहेको छन् । त्यही अनुसार समितिले गाडीको व्यवस्थापन गर्ने गरेको छ । त्यस्तै, आइसिपीले पनि विभिन्न पार्किङ, इन्ट्रि शुल्क गोदाम शुल्क शिर्षकमा राजश्व उठाउन गरेको छ ।’

उनका अनुसार चालु आर्थिक वर्षमा ११ करोड ८९ लाख ५४ हजार ५३१ रुपैयाँ संकलन भएको छ । गत वर्ष ३० करोड ६ लाख ४१ हजार १६८ रुपैयाँ राजश्व संकलन गरिएको थियो। गत वर्ष २ लाख १७ हजार ७ सय ९९ आएको थियो । वीरगञ्ज भन्सारले बिदेशबाट आयात भएका समानलाई नियमन गर्न ग्रिन, हेलो, ब्ल्यु र रेड लेन बनाइएको छ ।

Comment


Related News

Latest News

Trending News