अपडेट 
२०७८ मंसिर २७, सोमबार १६:३८

नेपालमा सोमबार थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ४ सय १६ पिसिआर परिक्षणका क्रममा ३ सय १३ जना र २ हजार ८ सय २० एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ३ सय ४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय ७६ सक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार १ सय ५४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ८ सय २४ सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News