अपडेट 
२०७८ मंसिर २७, सोमबार १८:५२

कोरोना भाइरसविरूद्धको भ्याक्सिन कालोबजारी गर्ने दुई जनालाई अख्तियारको टोलीले जनकपुरधाम ७ जिरोमाइलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउपालिका २ स्थित स्वास्थ्य चौकीको हेल्थ असिस्टेन्ट अजय साह र उनका सहयोगी कृष्ण कुमार यादव छन् । कोरोना भाइरसविरूद्धको अमेरिकन भ्याक्सिन जोनसन एण्ड जोनसन ३ भाइल २१ बेचेलगत्तै रंगेहात उनी दुबै जनालाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई वडाध्यक्ष जानकीराम साहको उपस्थितिमा अख्तियारका अधिकारीले मुचुल्का तयार पारेका छन् । आवश्यक कारबाहीका लागि उनीहरुलाई बर्दिवास कार्यालय लग्ने बताइएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिले एक डोजले मात्र पुग्ने जोनसन एण्ड जोनसन भ्याक्सिन लगाउने गर्छन् । तर सहज उपलब्ध छैन् । त्यसैले उक्त भ्याक्सिनको स्वास्थ्यकर्मीले नै कालोबजारी गर्दै आएको खुलेको छ ।

https://www.youtube.com/watch?v=4zKvV-KYITc&t=2s

Comment


Related News

Latest News

Trending News