२०७८ मंसिर २८, मंगलवार ०७:३५
जनकपुरधाममा ट्राफिक नियम पालना सम्बन्धी जनचेतनामुलक ¥याली निकालिएको छ ।
जिल्ला ट्राफिक कार्यालय धनुषा जिरोमाइलको अगुवाइमा सोमबार ¥याली निकालिएको छ । मदिरा सेवन गरी सवारी नचलाउन,तनावित र अस्वस्थय अवस्थामा सवारी नचलाऔं,क्षमताभन्दा बढी समान नबोकौं सहितका दर्जनौ नारा लेखिएको प्लेकार्ड बोकेर निकालिएको ¥याली स्थानीय जनक चोकबाट सुरु भइ भानु चोक हुंदै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सो ¥यालीमा जिल्लाभरि कार्यरत ट्राफिक प्रहरी ,नेपाल प्रहरी ,शसस्त्र प्रहरीका प्रतिनिधि ,स्थानीय अभियन्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


