२०७८ मंसिर २८, मंगलवार ०८:०६

जनकपुरधाम । चुरे तथा वन जंगल संरक्षण अभियानले विभिन्न ९ सुत्रीय माग अघि सार्दै पुनः आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

अभियानका संयोजक सुनिल कुमार यादवले सोमबार गरेको पत्रकार सम्मेलनमा विगतमा प्रदेश सरकारले गरेको सम्झौता कार्यान्वयन सहितका ९ सुत्रीय माग राखी आगामी पुस ५ गतेबाट आन्दोलनको कार्यक्रम गर्ने जानकारी दिएका छन् । प्रदेश सरकारले चुरे तथा वन जंगल संरक्षण अभियानीसँग गरेको सम्झौता अनुसार गरेको छानविन प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, स्थानीय सरकारद्वारा भूमिहीन दलित सुकुम्वासीलाई उठिवास लगाउने कार्य बन्द गरी भूमिहीन सकुम्वासीलाई जोत भोगको आधारमा उक्त जग्गाको लालपूर्जा तथा निःशुल्क स्वास्थ्य शिक्षा सहितका सेवा सुविधा दिनुपर्ने, सुकुम्वासी आयोगले मालपोत कार्यालय र गुठी संस्थानको आर्थिक प्रलोभनमा नक्कली सुकुम्वासी भू–माफियालाई जग्गाको लालपूर्जा छानबिन गरी बदर गर्नुपर्ने, महोत्तरीको भंगहा नगरपालिका–४ थारु टोलमा वसोवास गर्ने सुकुम्वासीहरुलाई जोतभोगको आधारमा जग्गाको लालपूर्जा उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन् ।

त्यसैगरी बाराको जितपुरमा सिमरा नगरपालिकाको मथुरापुर प्राथमिक विद्यालयको भवन, जग्गा छठ घाट तथा सार्वजनिक बाटो नक्कली सुकुम्वासीको नाममा रहेकोले त्यो बदर हुनुपर्ने, बाराकै कलैया उपमहानगरपालिका–२४मा रहेको सखुई टोलको सार्वजनिक १२ कठ्ठा जग्गा स्थानीय चन्द्रकेत खाँ थारुले आफ् नो नाममा गराएकोले त्यो बदर हुनुपर्ने, धनुषाको गणेशमान चारथान नगरपालिका–४ वीरेन्द्र बजारको पथराही टोलमा रहेको एलानी जग्गा भू–माफियाले आफ् नो नाउंमा किर्ते गरी नामसारी गराएकोले त्यो नामसारी बदर हुनुपर्ने, वीरगञ्जको माइ स्थान गीता मन्दिरको जग्गा तथा राम मन्दिरको जग्गा भारत बिहार राज्य छपरा जिल्ला निवासी एक पण्डितले वर्षोदेखि कब्जा गरी त्यसको बेचबिखन समेत गर्ने गरकोले तत्काल उनलाई कानूनी दायरामा ल्याउनुर्ने लगायतका माग गर्दै अभियानले आन्दोलनको कार्यक्रम अगाडि बढाएको हो ।

संयोजक यादवले ५ गते प्रदेशका ८ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ तथा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईने, पुस ६ गते सप्तरीको रुपनी बजार, सिरहाको लहान, महोत्तरीको बर्दिवास, रौतहटको चन्द्रनिगाहपुर र बाराको सिमरामा विरोधसभा गर्ने, पुस ७ गते प्रदेश सरकारलाई घेराउ गर्ने कार्यक्रम रहेको जानकारी दिए । आफूहरुको माग पूरा नभए फेरि पनि कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत उनले दिएका छन् ।

Comment


Related News

Latest News

Trending News