अपडेट 
२०७८ मंसिर २८, मंगलवार ०८:१२

रौतहट । जिल्लाको राजदेवी नगरपालिका–४ मा रहेको जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालय प्रसाशनको विरुद्ध विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् ।

विद्यालयले नियम विपरित विभिन्न बहाना बनाएर नियमावली विपरित चर्को शुल्क उठाएको भन्दै ११ सुत्रीय माग अघि सार्दै विद्यार्थीहरु विरोधमा उत्रेका हुन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि शुल्क नलिन प्रतिबन्ध लगाए पनि त्यस व्यवस्थाको उलंघन गर्दै विद्यालयका प्रध्यानाध्यापक प्रभाष ठाकुरले शुल्क लिने गरेको विद्यार्थीहरुको आरोप छ । नगरपालिकाको मातहतमा विद्यालय गइसके पछि विद्यालयहरुको अवस्था दयनीय बन्दै गएको छ । नगरपालिकाका जिम्मेवार व्यक्तिले नियमित रुपमा अनुगमन निरीक्षण नगर्दा विद्यालयमा बेथितिको अवस्था सृजना भएको अभिभावकहरुको गुनासो रहेका छ । समयमा विद्यालय नआउने शिक्षकहरु विद्यालय आएपनि बाहिरबाट उपस्थति जनाएर फर्किने गरेको विद्यार्थीहरुले गुनासो पोखेका छन् । नियमित रुपमा पठन पाठन नहुंदा समस्या भएकोले विद्यार्थीहरु बाध्य भइ विरोध प्रदर्शन गरेको जनाएका छन् । विद्यालयको अवस्था सुधार गर्नमा नगर शिक्षा संयोजकले लापरवाही गरेको आरोप समेत विद्यार्थीहरुले लगाए । विद्यालयमा बढेको अनियमिता तथा शिक्षकहरुको मनोमानी विरुद्ध आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताए । विद्यार्थीहरुले गैर ढंगले उठाएको शुल्क फिर्ता हुनु पर्ने ,कक्षा पूर्णरुपले दैनिक रुपमा सञ्चालन हुनुपर्ने , प्रयोगशाला लगायत कक्षा कोठाको समेत उचित व्यवस्था हुनु पर्ने,विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने,छात्र÷छात्रा को छुट्टै शौचालय सञ्चालन हुनुपर्ने ,विषयगत शिक्षकद्धारा पठन–पाठन गराउनु पर्ने ,प्रधानाध्यपक, शिक्षक, शिक्षिकाको गौर जिम्मेवारी रवैयामा परिवर्तन र समयमा कक्षा सञ्चालन हुनु पर्ने सहितका माग अघि सारेको छ ।

विद्यार्थीहरुलाई शारीरिक तथा मानिसक रुपले मनोबल उच्च गर्न खेलकुद मैदान तथा सामग्रीको व्यवस्था हुनुपर्ने ,विद्यार्थीलाई पौष्टिकयुक्त खाना÷खाजाको व्यवस्था हुनु पर्ने,हप्ताको एकदिन वादविवाद प्रतियोगिता लगायत अतिरिक्त क्रियाकलाप गराउनु पर्ने सहितका ११ सुत्रीय माग आन्दोलित विद्यार्थीहरुले अघि सारेका हुन् ।

Comment


Related News

Latest News

Trending News